दुर्घटनाग्रस्त गोमा एयरमा सवार एयर होस्टेस प्रज्ञा महर्जनलाई काठमाडौं ल्याउन सकिएन

काठमाडौ, जेठ १३ । लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त गोमा एयरमा सवार एयर होस्टेस प्रज्ञा महर्जनलाई मौसम प्रतिकुलताका कारण काठमाडौं ल्याउन सकिएको छैन्।

केहीबेर अगाडि घाइते महर्जनलाई लिएर काठमाडौं उडान भरेको डाइनेस्ट एयरको नाइन एन एजेडी हेलिकोप्टर सोलुखुम्बुको चौरीखर्कमा अवतरण गरिएको छ ।

तेन्जिङ हिलारी लुक्ला विमानस्थलमा भएको दुर्घटनामा महर्जन घाइते हुनु भएको छ। उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट पारसकुमार राईको निधन भइसकेको छ भने कोपाइलट सिर्जन मानन्धरको अवस्था गम्भीर छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार को पाइलट मानन्धरको भने लुक्ला अस्पतालमा उपचार भइराखेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।