खोलाले बगाउदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

ताप्लेजुङ, १३ जेठ । ताप्लेजुङको सिदिङ्वा गाँउपालिका– ७ सुरुम्खिम बस्ने एक दम्पतीलाई शुक्रबार खोलाले बगाउदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छन् । खाम्दिम्बे बजारबाट किनमेल गरेर घर फर्कंदै गर्दा खेवाङ र सुरुम्खिमको बीचमा पर्ने सिवाखोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो ।

खोलाले बगाउँदा– २२ वर्षीय गोपाल तामाङ झन्डै एक किलोमिटर पर मृत अवस्थामा फेला परेकाछन् भने उनकी श्रीमती २१ वर्षीया रिना तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

बेपत्ता रिनाको खोजी भइरहेको छ । शुक्रबार सो क्षेत्रमा ठूलो वर्षा भएकाले खोला बढेको स्थानीयवासीले बताएका छन् । खोलामा पानीको सतह बढे पनि दुबै एकैसाथ खोला तर्ने क्रममा अचानक बगेको बताइएको छ ।

सुतेकै ठाउँमा मृत फेला

यसैगरी ताप्लेजुङ सदरमुकाम फुङ्लीङको एक होटलमा बेलुकी खाना खाएर सुतेका ट्रक चालक सुतेकै ठाँउमा मृत फेला परेका छन् ।

फुङ्लिङ नगरपालिका– ४ मा स्टाफ होटलमा खाना खाएर सुतेका ना २ ख ८५६९ नम्बरको ट्रकका चालक गणेश खवास आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

झापा घर भएका अन्दाजी ४०÷४५ वर्षीय खवास सहचालकसँगै सुतेका थिए । बिहान उठ्ने क्रममा उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।