बिपीको समाजवादलाई काँग्रेसले कार्यान्वयन गर्न सकेन : महामन्त्री कोइराला

काठमाडौँ, १३ जेठ । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आफ्नो पार्टीले बिपीको प्रातान्त्रिक समाजवादलाई कार्यान्वयन गर्न नसकेको बताउनुभएको छ ।

अर्घाखाँची सम्पर्क सदन काठमाडौँले आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तक्र्रिया कार्यक्रममा महामन्त्री कोइरालाले सो समाजवादमा मुलुकमा सबै जनताले न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्ने चिन्तन रहेको बताउनुभयो ।

मुलुकमा विद्यमान समस्या समाधानका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउँदै उहाँले पार्टीभित्र देखिएका विभिन्न गुटले गर्दा बिपीको समाजवाद ओझेलमा परेको बताउनुभयो ।

महामन्त्री कोइरालाले चुनावमा मधेसी जनताको भावनालाई समेटेर उनीहरुलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिँदै आन्दोलनरत विभिन्न दलका जायज मागलाई पूरा गर्न सबै दलको समन्वय हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

अर्घाखाँची सम्पर्क सदन काठमाडौँका अध्यक्ष एवम् तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति डा माधवराज गौतमले पार्टीभित्रका विवादलाई शीर्ष नेतृत्वले वैज्ञानिक ढङ्गबाट समीक्षा गरी सल्टाउनुपर्ने सुझाव दिँदै गुटबन्दीको अन्त्य गरी राष्ट्र निर्माणमा लाग्नुपर्ने बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।