राजपा नेपालले निकाल्यो महोत्तरीमा मसाल जुलुस

मधेसको माग सम्बोधन नगरी सरकारले दोस्रो चरणको स्थानीय निर्वाचन अगाडि बढाएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालले आज महोत्तरीमा मसाल जुलुस निकालेको छ । राजपा नेपालका नेता–कार्यकर्ताले संविधान संशोधन, झुठा मुद्दा फिर्ता, दल दर्ता र निर्वाचन चिन्ह प्रदान गर्न माग गर्दै मसाल जुलुस निकालेका हुन् ।

जलेश्वरको बुद्धिजीवी चोकबाट आज साँझ निकालिएको मसाल जुलुस नगरपरिक्रमा गर्दै नगरपालिका चोकमा समापन भएको थियो । जुलुसमा राजपाका केन्द्रीय सदस्यहरू र जिल्लास्थित अध्यक्ष मण्डल तथा अन्य नेता तथा कार्यकर्ता सहभागी भएका थिए । जलेश्वर नगरपालिकासँगै रामगोपालपुर, सम्सी, एकडारा, औरही, पिपरालगायतका स्थानमा पनि मसाल जुलुस निकालिएको छ ।

मतदाता शिक्षा कार्यक्रममा घट.यो उपस्थिति
मधेसी दलको आन्दोलनले मतदाता शिक्षा कार्यक्रम प्रभावित भएको छ । महोत्तरीमा चार सय १५ मतदान केन्द्रलाई लक्षित गरी मतदाता शिक्षा कार्यकर्तासमेत केन्द्रहरूमा खटाइए पनि आन्दोलन घोषणापछि कार्यक्रममा मतदाताको उपस्थिति न्युन देखिन थालेको छ ।

बागमति सेवा समाजले महोत्तरीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । तर, शनिबार नगर क्षेका वडामा अनुगमन गर्दा एक दुईजना मात्र उपस्थित थिए । राजपा नेपाल महोत्तरीका अध्यक्ष मण्डलका अभिराम शर्माले निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि महोत्तरीमा संचालन हुन नदिने दावी गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।