प्रधानमन्त्रीद्वारा फास्टट्रयाकको शिलान्यास, शिलान्यासपछि प्रधानमन्त्रीले भने,- ‘तराई र काठमाडौंको भावना जोडियो’ (भिडियो सहित)

काठमाण्डौ, जेष्ठ १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले बहुचर्चित तराई/मधेस जोड्ने निजगढ–काठमाडौं फास्टट्रयाकको आइतबार शिलान्यास गरेका छन् । निर्वाचन आचारसंहिताकै अवधिमा शिलान्यास गरिएको हो । निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार आयोगको सहमतिमा प्रधानमन्त्रीबाट राष्ट्रिय गौरवका यस ठुला आयोजनाको शिलान्यास गरिएको हो ।

प्रधानमन्त्री दाहालले शिलान्यास सभालाई सम्बोधन गर्दै फास्टट्रयाक बनाउने धेरै लामो समयको चाहना शिलान्यास गरेपछि पूरा भएको बताएका छन् । फास्टट्रयाकले तराई/मधेस र काठमाडौंबीचको दूरी घटाउने मात्र पूरा गर्दैन, मधेस र पहाडको भावनासमेत जोडेको छ,’ उनले भने, ‘नेपाली सेनालाई फास्ट ट्रयाक निर्माण गर्न दिएर मैले गुण लगाएको छु ।’आफू प्रधानमन्त्री भएपछि आर्थिक विकास र समृद्ध राष्ट्रका लागि राष्ट्रिय गौरवका ठूला आयोजनालाई प्राथमिकतामा राखी अगाडि बढाएको उनले दाबी गरे ।

७६ किमी दुरीको यो फास्टट्रयाक निर्माण गर्न सरकारले नेपाली सेनाको जिम्मा दिइसकेको छ । फास्टट्रयाकको ट्रयाक खोल्ने काम पनि सेनाले गरेको थियो । कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सरकारले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘सरकारले जसरी विश्वास गरेर जिम्म्मा दिएको छ, त्यसै गरी समयमै इमान्दारीपूर्वक काम सम्पन्न गराउनेछु ।’ कार्यक्रममा भौतिक योजनामन्त्री रमेश लेखक, रक्षामन्त्री बालकृष्ण खाँडलगायतकाले फास्टट्रयाक छिट्टो बन्ने विश्वास दिलाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖