‘न यता न ऊता, अलमलमा नयाँ शक्ति !’

जर्मन तानाशाह हिटलरले आफ्नो पुस्तक “मेरो संघर्ष “मा लेखेका छन, “कुनै पनि देश सानो संघर्ष र कमजोर सपनामा अडेका हुँदैनन, थोरै राजनितिक प्रतिकूलता आउने बित्तिकै देशले नयाँ नेतृत्व खोज्यो भनेर राजनीति सुरु गर्ने ब्यक्तिहरु कायर हुन; एउटा ब्यक्तिको लहड र इच्छाले कुशल नेतृत्व जन्माउँदैन, कुशल नेतृत्व समयको आवस्यकताले जन्मिन्छ |“

न अब नेपालमा बाइसे चौबीस राज्य एकीकरण गरेर कोही पृथ्वी नारायण शाह हुन सक्छन, न कोही राणा शासन ढालेर बी.पि कोइराला जन्मिनेछन, न राजतन्त्र फ्याँकेर कोही प्रचंड हुनेछन | निश्चित कालखंडको निश्चित आवस्यकता हुन्छन्, जसले ति आवस्यकता पुरा गर्छन, उनीहरु इतिहासमा सुरक्षित रहनेछन | केहि बर्ष अगाडी डा. बाबूराम भटराईले देशमा नयाँ शक्तिको खांचो रहेको भन्दै बैकल्पिक राजनितिक बाटोको बारेमा बहस सुरु गरे | लगत्तै पत्रकार रबिन्द्र मिश्र, ब्याङ्कर अनिल शाह, डा. स्वर्णिम वाग्ले लगायत धेरै लेखक, कलाकारहरुले नयाँ शक्तिको खांचो रहेको भन्दै बिभिन्न लेख लेखीरहे |

७० बर्षको छोटो अबधिमा नेपालमा जत्तिको राजनैतिक उथलपुथल सायद दुनियाँको अरु कुनै देशमा भएको छैन | निरंकुश जहानिया राणा शासन, निर्दलीय पंचायत, बहुदलीय प्रजातंत्र हुंदै नेपालले यो सात दशकमा संघीय गणतंत्रसम्मको यात्रा गर्यो | राज्य संचालनको यो भन्दा अगाडी जाने कुनै बाटो छैन अब नेपालसंग, यही बास्तबिकता राम्ररी बुझेका डा. भटराईले जोखिम मोलेर राजनितिक परिवर्तनको अध्याय छोडेर आर्थिक परिवर्तनको अध्याय शुरु गरेका हुन | निकै तामझाम र भड़कीलो सुरुवात गरेको नयाँ शक्ति अभियानले रंगशालामा सामूहिक सपथ खाएर आराम गर्न पुगेको जस्तो देखिन्छ, मतलब जुन उत्साह र जोशको साथ अभियान सुरु गरिएको थियो, जनतामा त्येत्तिको प्रभाव पारेको देखिँदैन डा. भटराईको अभियानले |

नयाँ दल बनाउन हतार गर्नु पर्ने कारणहर मध्य एक पुरानो सहयात्री प्रचंडलाई जसरी पनि आफ्नो शक्ति देखाइदिने घमण्ड, दुई नयाँ शक्ति बहस आफुले गर्दा गर्दै अरु कसैले राजनितिक दल स्थापना गरेर क्रडिट लिन सक्ने भय, तीन धेरै तयारी गर्दा गर्दै राजनितिक कोर्सनै फरक गतिमा हिँड्ने संभावना, चार आफू सरकारमा रहँदा गरेका काम र शक्तिको आडमा तीब्र रूपले संगठन बिस्तर गर्न सकिने निष्कर्ष |

नयाँ शक्ति कहाँ अल्झियो, कहाँ सुध्रिनु पर्छ र कहाँ हेर्नु पर्छ डा. बाबुराम भटराइले ?

सर्व प्रथम त नेपाली समाज बैकल्पिक राजनितिक मार्ग हिँड्न तयार छ की छैन भनेर बिचार गर्नु पर्ने देखिन्छ | २००७ सालको परिबर्तन , २०३६ सालको जनमत संघ्रह, २०४७ सालको परिवर्तन र २०-६३ को जन आन्दोलनको समय चित्र हेर्ने हो भने एउटै पुस्ताले दुईटा फरक परिवर्तनको निम्ति आफ्नो ऊर्जा खर्च गर्दैन | एउटा राजनैतिक वेवस्था फेर्न आफ्नो जिंदगी खेर फालेका जनताहरू तत्काल सामजिक आर्थिक परिवर्तन चाहन्छन, तर एकछिनको मुढेबल र लहडले राजनैतिक स्थिति फेरिन सक्ला तर आम जनताको जीवनस्तर आर्थिक रूपले फेरिनको निम्ति सूझबूझ नीति निर्माण र कुशल नेतृत्व चाहिन्छ |

न त राणा शासन ढल्ने बित्तिकै जनताको दैनिक जन जीवनमा रातरात फेरबदल आयो , न त गणतन्त्र आउने बित्तिकै सबै जनताले रोजगारी पाए | हरेक राजनितिक नेतृत्वले बुझ्नु पर्ने कुरा के हो भने जब सम्म आम जनताको आर्थिक स्थितिलाई संबोधन गरिंदैन तब सम्म कुनै पनि बेवस्थाले जनताले सोचेको जस्तो परिवर्तन महसूस गर्ने छैनन | सपनै सपनाको पहाड देखाएर राजनितिक परिवर्तनको निम्ति जनतालाई प्रयोग गर्ने तर जनताको दैनिक समस्याहरुको उचित सम्बोधन नगर्दा त्यही जनता फेरी अर्को राजनितिक परिवर्तनको निम्ति तयार हुँदैन | एकपटक आफ्नो सपनाको हत्या भइसकेपछि सितिमित त्यो पुस्ताले अर्को कुनै परिवर्तनमा साथ दिने जांगर गर्दैन , त्यसैले हरेक परिवर्तन कम्तिमा १५ देखि २० बर्षको अंतरालमा मात्र स्वम्भव हुन्छ |

जनतामा छाएको चरम निराशा त्यही सपनाको हत्या भएकै कारणले भएको हो | त्यसैले अहिले नेपाली समाज कुनै ठुलो उथलपुथल गर्ने भन्दा पनि अहिले भएकै राजनितिक दलहरूले देशलाई सही दिशा देखाउन भन्ने चाहन्छन | अबको कम्तिमा १० बर्ष नेपाली समाज कुनै किसिमको परिवर्तनमा साथ दिने भन्दा पनि दैनिक जीवनको जालो मिलाउने तरखर गर्नेछ |

डा. भटराईले यो सबै कुरा राम्रो संग बुझेका छन, तर पनि उनले हतार हतार नयाँ शक्ति अभियानलाई राजनितिक दलको रूपमा लैजानु भन्दा, नेपाली समाजलाई आर्थिक क्रान्तिको निम्ति तयार गर्नु पर्थ्यो, जति तयारी र छलफल हुनु पर्ने हो, त्यो बिना नयाँ दल बनाउन हतार गर्नु पर्ने कारणहर मध्य एक पुरानो सहयात्री प्रचंडलाई जसरी पनि आफ्नो शक्ति देखाइदिने घमण्ड, दुई नयाँ शक्ति बहस आफुले गर्दा गर्दै अरु कसैले राजनितिक दल स्थापना गरेर क्रडिट लिन सक्ने भय, तीन धेरै तयारी गर्दा गर्दै राजनितिक कोर्सनै फरक गतिमा हिँड्ने संभावना, चार आफू सरकारमा रहँदा गरेका काम र शक्तिको आडमा तीब्र रूपले संगठन बिस्तर गर्न सकिने निष्कर्ष | नयाँ शक्ति किन आवस्यक छ भन्ने कुरा जनतालाई बुझाएर मात्र राजनितिक दल निर्माण गर्नुको साटो जबरजस्ती अगाडी जाने उनको हठले नयाँ शक्ति निर्माणको बहस चलाएका धेरै पात्रहरूलाई उनले साथ लिन सकेनन | रबिन्द्र मिश्रहरूको साथ लिनु भन्दा सरोज खनाल र करिश्मा मानन्धरलाई लिएर अगाडी जान खोज्नु दोस्रो गल्ती हो | नयाँ आन्दोलनको पृष्ठभूमि तयार गर्न जुन मेहनत र परिश्रम गर्नु पर्छ, त्यो लगाव अहिलेको उनको टीममा निकै कम सहयात्रीहरूसंग मात्र छ |

अर्को कुरा नयाँ शक्तिले आबस्यक नेताहरू निर्माण नगरी कार्यकर्ता मात्र जम्मा गर्ने उल्टो बाटो समायो | एक लाख कार्यकर्ता जम्मा गरेर दल घोषणा गरेको नयाँ शक्तिमा मुश्किलले पाँच जना पनि राष्ट्रीय रुपमा परिचित नामहरु थिए | यसरी कार्यकर्ता मात्र जम्मा गर्दै जांदा एकदिन डा. भटराई आफैं थाक्ने संभावना हुन्छ | उनले नयाँ शक्तिको बारेमा जुन सन्देश डेलिभर गर्न खोजेका छन, नेता बिहीन कार्यकर्ता जम्मा हुँदा जसले जे मन लाग्छ त्यही बुझ्ने नयाँ शक्तिको जन्म हुन सक्ने प्रवल संभावना रहन्छ |

पहिला उनले लगनशील नेताहरु जम्मा गर्नु पर्ने हुन्छ, पर्याप्त मात्रामा नेताहरु जम्मा गर्न सकेको खण्डमा उनले साधारण कार्यकर्ता जम्मा गर्न अहिलेको जस्तो एक्लै दुख गर्नु पर्दैन | उदाहरणको निम्ति अहिले सम्म करिश्मा मानन्धर र सरोज खनालले नयाँ शक्ति निर्माण अभियानमा जति सहयोग गरे, त्यो भन्दा धेरै गुना सहयोग रबिन्द्र मिश्रको एउटा आब्हानले हुन सक्थ्यो | नयाँ शक्तिको अर्को उल्झन भनेको माओबादीबाट आएका पुराना कार्यकर्ता र पुरानो राजनितिक पृष्ठभूमि नभएका नयाँ साथीहरु बिच तालमेल गर्न नसक्नु पनि हो | हिजो माओबादीमा रहेर आज नयाँ शक्तिमा आएका कार्यकर्ताहरु भनेका नयाँ शक्तिको सिपाही हुन, उनीहरु जहां जसरी पनि संघर्ष गर्न तयार हुन्छन्, जो नयाँ छन उनीहरुसंग नयाँ जोश छ | यसरी नयाँ कार्यकर्ताको जोश र पुरानो कार्यकर्ताको अनुभवलाई मिलाएर लैजाने चतुरता देखाउन आवस्यक छ |

डा. भटराईको बिगतको हिंसात्मक राजनीतीको हिसाब किताबको हो | डा. भटराईले माओबादी युद्धको उचित आवस्यकताको बारेमा प्रस्ट पार्नु पर्छ, दशक लामो युद्ध र हजारौं नेपाली युवा युवतीहरूको ज्यान गएको उक्त युद्ध साँच्चै आवस्यक थियो या त्यो गलत थियो , यसको जवाफ बिना उनले सुरु गर्ने कुनै पनि अभियानलाई सँधै यी प्रश्नहरुले घेरिरहने छन |

अर्को कुरा संगठन बनाउँदा सक्रिय र निष्क्रिय कार्यकर्ताहरुको पहिचान गर्न एकदम जरुरी हुन्छ, सक्रिय कार्यकर्ताले जति मेहनत गर्छन उत्तिकै मेहनत निष्क्रियले नगर्न सक्छन, यस्तो हुँदा सक्रिय कार्यकर्ताहरुको कामको उचित मूल्यांकन नहुन सक्छ र उनीहरुमा निराशा छाउन सक्छ | उत्तिकै ध्यान दिनु पर्ने कहाँ पनि हो भने उचित समुदायको उचित ब्यक्तिहरुलाई नेतृत्वमा लेराउँदा आवस्यक परेको खण्डमा उनीहरुले ति समुदायलाई शक्तिको रुपमा प्रयोग गर्न सक्छन | अर्को महत्वपूर्ण कुरा नेपाली राजनैतिक दलहरुले एक न एक किसिमको आंदोलनकै भरमा संगठन बनाउने हुँदा, नयाँ शक्तिले उचित समयलाई ध्यान दिएर भ्रष्ट्रचार, महँगी , कालाबाजारी , बेरोजगारी लगायतका मुद्दा उठाउँदै सरकारलाई दवाव दिन सक्छ र तीर्व रूपले संगठन बिस्तार गर्न सक्छ | नयाँ शक्तिले भुल्नै नहुने कुरा के हो भने हचुवाको भरमा टपक्क टिपेर नेता बनाउँदै जाने हो भने उनीहरुले न त संगठनलाई उचित योगदान दिन सक्छन न संगठन बिगठन हुन लाग्दा कुनै जिम्मेवारी लिन चाहन्छन, कर्तब्यबोध बिना कोही कसैलाई पनि नेतृत्वमा लराउने गल्ति गरिनु हुँदैन |

जे जस्तो भय पनि नयाँ शक्ति अभियान सुरु भइसकेको अवस्थामा अब पछाडी फर्किने अवस्था हुँदैन | यदि नयाँ शक्तिकै मूल नेतृत्व माथि बारम्बार गंभीर किसिमको आरोप लागिरहन्छ र नेतृत्वले उक्त आरोपको बेबस्थापन गर्दैन भने आम कार्यकर्ताहरूको मनोबल घट्दै जान्छ | यसो हुँदा, नयाँ शक्तिले केहि गंभीर आरोपहरूको जवाफ दिन ढीला गर्नु हुँदैन | मौनताले राजनीतिमा समर्थनको आभाष दिन्छ , झूठा आरोपहरुको खंडन र साँचो आरोपहरुको सामना गर्ने हिम्मत नयाँ शक्ति संग हुन जरुरी छ | नेपाली समाज भारत बिरोधी मनोबिज्ञानले हुर्किने समाज हो |

डा. बाबुराम भटराईमाथि लागेको भारतीय एजेंटको आरोपको कि त जब्बर खण्डन गर्नु पर्यो कि त त्यो आरोप स्वीकार गर्नु पर्यो | अर्को आरोप भनेको हिसिला यामीलाई लागेको भ्रस्टचारको आरोप | यदि हिसिला भ्रस्टाचारी हुन भने त्यही अनुसार कारवाही हनु पर्छ, नत्र त्यस्ता तथ्यहिन आरोपहरुको कडा खण्डन हुन जरुरी छ | अर्को आरोप भनेको डा. भटराईको बिगतको हिंसात्मक राजनीतीको हिसाब किताबको हो | डा. भटराईले माओबादी युद्धको उचित आवस्यकताको बारेमा प्रस्ट पार्नु पर्छ, दशक लामो युद्ध र हजारौं नेपाली युवा युवतीहरूको ज्यान गएको उक्त युद्ध साँच्चै आवस्यक थियो या त्यो गलत थियो, यसको जवाफ बिना उनले सुरु गर्ने कुनै पनि अभियानलाई सँधै यी प्रश्नहरुले घेरिरहने छन | डा. भटराईमाथि लागेको भारतीय एजेंटको आरोप , हिसिला यामी माथिको भ्रस्टचारको आरोप र १२ बर्षे युद्धको मूल्यांकन र स्पष्टीकरण नदीए सम्म नयाँ शक्तिको आम कार्यकर्ताहरूसंग आम जनताले सोध्ने यी आम प्रश्नहरुको कुनै उत्तर हुने छैन ।

देशले बैकल्पिक राजनैतिक शक्ति मागेको भन्दै बिभिन्न राजनितिक दलहरू भटाभट खुल्दै गरेको अवस्थामा डा. भटराईले पहिला आफू र हिसिला माथि लागेको आरोपहरूको चित्त बुझ्दो जवाफ दिन जरुरी छ, र संगठन निर्माणमा धेरै ध्यान पुर्याउन आवस्यक छ | एक उनले सक्रिय र निष्क्रिय कार्यकर्ताहरू छुट्याउनु जरुरी छ , दुई नयाँ शक्तिलाई जनता माझ लैजान सक्ने गतिशील नेतृत्व बिकास गर्न जरुरी छ , तीन नयाँ र पुराना कार्यकर्ताहरू बिच भावनात्मक सम्बन्धलाई मिलाउनु जरुरी छ , चार नेपाली समाजको बर्तमान मनोबिज्ञानको उचित अध्यन गर्दै आन्दोलनको सहायतामा संगठन बिस्तारमा ध्यान दिन जरुरी छ, नयाँ शक्तिको संपर्क कार्यालयहरूमा आम जनताहरूको निम्ति हेल्प डेस्क राखेर छिटो भन्दा छिटो जनता माझ लोकप्रिय कार्यक्रम लैजान जरुरी छ र अन्तिममा बैकल्पिक शक्तिको हवाला दिएर घरै पिच्छे खुलेका नयाँ राजनीतिक दलहरुलाई मिलाएर लान आवस्यक छ । नयाँ शक्तिले हाम्रै पालामा नेपाल समृद्ध बनाउन सकोस । धन्यवाद ।

(लेखक राजनीति शास्त्रका बिद्यार्थी हुन । साभार: स्वतन्त्र खबर पुस १९, २०७३ बाट)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।