८ औं तलाबाट खसेर युएईमा एक नेपालीको ज्यान गयो
युएई । युएईमा एक नेपालीको ज्यान गएको छ । मोरङको इटहरा ९ का सविन खड्काको काम गर्ने क्रममा सिँढीबाट लडेर ज्यान गएको हो । आठौं तलाबाट खसेका सविनको घट्ना स्थलमै ज्यान गएको आबुधाबी हेल्थ अथोरिटीले गरेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।
उनको शव बुधवार नेपाल ल्याइएको छ । कम्पनीले मृत्युको कारण सहित कानुनी प्रकृया गरेपछि शव नेपाल ल्याइएको हो । बीमा बापतको रकम आउन समय लाग्ने भएकाले शव नेपाल पठाइएको र बाँकी कानुनी प्रकृया परिवारको सिफारिसमा दूतावासले गर्ने दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले बताउनु भयो ।
२६ वर्षिया सविन बिन मजिद होटल एन्ड रिसोर्ट अन्तर्गत आबुधाबीको मुसरिफ मल नजिकै रहेको नेहाल होटलमा कार्यरत थिए । उनी गएको बैशाख १४ गतेबाट हाउसकिपिङको काममा आएका थिए । – उज्यालो ।


