नेकपा माओवादीको र्यालीमा बम विष्फोट, ७ घाइते, दुईको अवस्था गम्भीर
नवलपरासी, ११ असार । नवलपरासी सदरमुकाम नजिकैको सुनवल नगरपालिकामा नेकपा माओवादी केन्द्रले निकालेको र्यालीलाई लक्षित गरेर अज्ञात समूहले बम बिस्फोट गराउँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।

फाईल फोटो
महेन्द्रराजमार्गको भुमहिवाट सुनवल तर्फ कार्यकर्ता बोकेर हिंडेको बस सोमनाथ खोलाको पुलमा पुग्दा बिष्फोटमा परेको हो ।
अज्ञात समूहले पुल क्षेउको ढुंगामा बम लुकाएका थिए । चुनाब प्रचारको अन्तिम दिन आइतबार सुनवल नगरपालिकामा केन्द्रले गाडिमा चुनाबी र्याली गरेको थियो ।
बिस्फोटमा घाइतेहरुको प्रहरीले उद्धार गरेर उपचारको लागि लगेको छ । करिब ६ दर्जन गाडीमा मतदाता राखेर माओवादीले र्याली निकालेको हो ।


