चार दिनदेखि सुत्केरी बेथाले छट्पटाइरहेकी गर्भवतीको हेलिकप्टरद्वारा उद्धार

बाजुरा, ११ असार । चार दिनदेखि सुत्केरी बेथाले छट्पटाइरहेकी पाण्डवगुफा गाउँपालिका– ३ की ४१ वर्षीया फुलटुक्का ढोलीलाई आज उपचारका लागि हेलिकप्टरद्वारा नेपालगन्ज पु¥याइएको छ ।

राससबाट समाचार प्रसारित भएपछि ढोलीलाई हेलिकप्टरमार्फत नेपालगन्ज पु¥याइएको हो । सदरमुकाम मार्तडीदेखि दुई दिनको पैदल दुरीमापर्ने पाण्डवगुफाकी ढोली सुत्केरी हुन नसकेर छट्पटाइरहेकी थिइन् । ज्यान जोखिममा रहेको खबर थाहा पाएपछि जिल्ला स्वास्थ्य कार्यालयको पहलमा उहाँलाई सिम्रिक एयरको हेलिकप्टर गाउँमै अवतरण गराई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

ढोलीलाई बिहीबार सुत्केरी बेथा सुरु भएको थियो । एक दिन घरमै पर्खदा सुत्केरी हुननसकेपछि उहाँका श्रीमान् जयलालले अर्को दिन हुनी स्वास्थ्य चौकी पु¥याएका थिए । स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले ढोलीलाई प्रसूति गराउन नसकेर अन्यत्र लैजान सिफारिस गरेका थिए । तर अन्यत्र लैजान उहाँको आर्थिक अवस्था कमजोर भएका कारण गर्भवती ढोली चार दिनदेखि गाउँमै थन्किनुभएको थियो । उहाँको यो छैटौँ गर्भ भएको डा विश्वकर्माले बताउनुभयो ।

“हाम्रो पहलमा परिवार स्वास्थ्य महाशाखाले रु चार लाख ५० हजार सहयोग गर्ने आश्वासन दिएपछि ढोलीको उद्वार सम्भव भएको हो,” जिल्ला स्वास्थ्य कार्यालयकी परिवार नियोजन सुपरभाइजर दुर्गा बजगाईंले भन्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।