सुनसरीको दुहबी स्थित बुढी खोलाले बगाएर दुई बालकको मृत्यु

धरान, सुनसरीको दुहबी स्थित बुढी खोलाले बगाएर शनिबार दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुँनेमा लौकही घर भई हाल दुहबी नगरपालिका–४ पिपलचोकमा दिदी भीनाजुको घरमा बस्ने १४ बर्षिय आकास कुमार साहा र ईटहरी–१४ खनार घर भई हाल दुहबी नगरपलिका–४ मामली घर बस्ने १० बर्षिय सजल चौधरी रहेका छन् ।

शनिबार बेलुकाबाट हराएका बालकहरुको खोजी गर्ने क्रममा आइतबार विहान ६ बजे दुहबी–४ स्थित बुढी खोलाको किनारमा खोलाले बगाएर ल्याएको अवस्थामा उनीहरुको शव फेला परेको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहवीबाट प्रहरीको टोली खटिगई आवश्क कानूनी प्रकृया पुरागरी शव पोष्ट मार्टमको लागी इनरुवा अस्पताल पठाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।