उपत्यकामा भित्र्याउँदै गरेको मरेका १८ वटा बाख्री नियन्त्रणमा, व्यवसायी पक्राउ

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यकामा मरेका १८ वटा बाख्री भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रण गरेका छन् ।

मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ५ ख २७७० नंको यात्रुवाहक बसमा व्यवसायी रामबाबु ठाकुरले चारवटा जिउँदो बाख्री तथा १८ वटा मरेका बाख्री ल्याएको पाइएको छ ।

पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले काठमाडौँ उपत्यकामा मासु आपूर्ति गर्ने उद्देश्यले ल्याइएका ती बाख्री क्वारेन्टाइनका कर्मचारीले जाँच गर्दा भेटिएपछि बसलाई नियन्त्रणमा लिएर व्यवसायी ठाकुरलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

पशु स्वास्थ्य तथा पशुसेवा ऐन– २०५५ ले निर्दिष्ट गरेअनुसार कारबाहीका लागि सिफारिस गरिनेछ । अभियुक्तलाई सजाय सावित भएमा रु पाँच हजार जरिवाना गर्न सकिनेछ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।