धुर्मुस्-सुन्तली फाउडेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार

काठमाडौं, १३ असार । कलाकार सीताराम कट्टेल(धुर्मस) र कुञ्जना घिमिरे(सुन्तली)को धुर्मुस–सुन्तली फाउण्डेशन मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने भएको छ । दिवंगत जननेता मदन भण्डारीको ६६ औं जन्म जयन्तीको अवसरमा असार १४ गते राजधानीमा आयोजित कार्यक्रममा फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको हो ।

मदन भण्डारी फाउण्डेशनले जननेता भण्डारीको ६६ औं जन्मजयन्तीको अवसरमा बुधवार कार्यक्रम आयोजना गरी सम्मान कार्यक्रम आयोजना गरेको हो । धुर्मुस सुन्तली फाउण्डेशनले भूकम्पबाट क्षति भएको काभ्रेको पहरी गाउँ, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको विपन्न मुसहरवस्तीलाई नमुना वस्ती बनाएर हस्तान्तरण गरेको थियो । यस्तै फाउडेशनले हिामाल–पहाड–तराई नमुना वस्ती बनाउने कार्यक्रम अघि सारेको छ । धुर्मुस् सुन्तली फाण्डेशनलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नेछन् ।

मदन भण्डारी फाउण्डेशनले जननेता भण्डारीको ६६ औं जन्म जयन्तीको अवसरमा असार १४ गते बुधवार साढे १ बजे प्रज्ञा भवन कमलादीमा ‘दीगो विकासको आधार स्थानीय सरकार’ विषयक विचार गोष्ठीको समेत आयोजना गरेको छ । विचार गोष्ठीमा एमाले अध्यक्ष ओली सहित कांग्रेस नेता डा. रामशरण महत, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपा अध्यक्ष कमल थापा, लोकतान्त्रिक फोरमका नेता जितेन्द्र देव र संघीय समाजवादी फोरमका नेता शिवजी यादव विचार प्रस्तोताका रुपमा निम्त्याइएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।