स्याल धपाउन हानेको गोलीले महिला घाइते

राजविराज, १३ असार । स्याल धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर आज साँझ सप्तरी कञ्चनपुर नगरपालिका–८ की ४० वर्षीया कविता विक घाइते गम्भीर घाइते भएकी छन् ।

सोही ठाउँ बस्ने इन्द्रबहादुर राईले आफ्नै मकै बारीमा स्याल धपाउन भरुवा बन्दुक पड्काउँदा गोली लागेर उनी घाइते भएको इप्रका कञ्चनपुरले जनाएको छ । उनको कञ्चटमा गोली लागेको छ । उपचारका लागि कवितालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गोली प्रहार गर्ने राईलाई इप्रका कञ्चनपुरले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।