भोट हाल्न लाइनमा बसेका ८२ वर्षीय वृद्धको मृत्यु
झापा, १४ असार । विहान सात बजेबाट शुरु भएको मतदानमा सहभागी एक वृद्धको मृत्यु भएको छ ।

झापा दमकको वडा नम्बर ७ स्थित सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्ने क्रममा दमक ९ का ८२ वर्षीय वृद्ध नरेन्द्र भण्डारीको मृत्यु भएको हो ।
मतदानका लागि लाइनमा उभिदा बेहोस भइ ढल्नु भएका उहालाइ उपचारका लागि अस्पताल लैजादै गर्दा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी हरिप्रसाद शर्माले जानकारी दिनुभयो । भण्डारी मुटुका रोगी हुनुहुन्थ्यो ।


