अछाममा भोट हाल्ने लाइनमा बसेका दुई महिलाले छोरा जन्माए
अछाम । अछाममा भोट हाल्ने लाइनमा बसेका दुई महिलाले बच्चा जन्माएका छन् ।

अछामको रामारोशन गाउँपालिका-४ को बाटुलासैनस्थित जाताको नन्दकाली आधारभुत विद्यालयको ‘क’ मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेका दुई महिलाले बच्चा जनाएका हुन्। रामारोशनकी २५ वर्षकी मीना बोहरा र शुभा दासले बच्चा जन्माएका हुन् । दुबैले छोरा जन्माएका छन्।
बुधबार बिहान ९ बजेतिर भोट हाल्नका लागि लाइनमा लागेकै बेला उनीहरुलाई सुत्केरी व्यथा लागेको थियो । व्यथा लागेपछि स्कुलकै छेउमा उनीहरुलाई सुत्केरी गराइएको हो ।
सुत्केरी भएको एक घण्टापछि मतदान गरेर उनीहरु घर फर्किएका मतदान अधिकृत तपेन्द्र विकले जानकारी दिनुभयो । बच्चा जन्माएका दुबै महिला र शिशु स्वस्थ रहेको प्रहरीले जनाएको छ ।


