‘विदेश गएको छोरो ज्यूँदै छ की खवर पाएँ हुन्थ्यो’ भन्दै भक्कानो छोडेर रोईंन यी ७५ टेकेकी आमा !

विहानीको समय । उमेरले झण्डै ७५ टेकेकी आइसरा राई विहानको घरधन्दा गर्दैछिन् । बुढाले छोडेको दशक हुनै लाग्यो । बुढा बितेपछि आइसराको जिन्दगी एक्लो जस्तै भएको छ । हुन त चारछोरा, एक छोरी हुन् उनका ।

तर उनी अहिले घरमा एक्लै बस्छिन् । उनका साईला छोरा ऋषिधन कमाउन मलेसिया गएका हुन् । माईलो छोरो कुवेतमा छन् । नेपालमा कमाईको ईलम नपक्रेको साईंलो भाईलाई उनैले खर्च हालेर मलेसिया पठाएका हुन् । गरिखाला, राम्रो होला भनेर पठाएका साईंला ऋषिधन मलेसियामै झण्डै ७, ८ बर्षदेखि बेखवर छन् । छोराको फोन आउला भन्ने आशमै दिन वित्ने गरेको छ आमा आइसराको ।

उनी भन्छिन्ः आज पो फोन गर्ला की ? चिठ्ठी पो पठाउँछ की भन्ने लाग्छ, अहँ गर्दैन । खै, बा मर्यो, बा ज्यूँदै छ ? थाहा छैन । आश मात्रै छ । अव के गर्नु ? विहे नगरी मलेसिया गएको साईलो छोरो किन यसरी बेखवर भयो भन्ने आमाको मनले खुट्याउन सकेको छैन । तर छोरो यसरी बेपत्ता भएपछि उनले धामीलाई पनि देखाउन तर कुरा उति आशलाग्दा छैनन् । उनका अनुसार धामीले राम्रो छैन, उज्यालो छैन भन्छ ।

शत्रुको हातमा पर्यो भन्छ । यसले बृद्धाको मनमा छोरो फर्केर आउला नआउला दोमन नै छ । मलेसियामा किरण भनेर समेत चिनिने गरेका ऋषिधन लामो समययता बेखवर छन् । उनका बारेमा तपाईले कुनै जानकारी पाउनु भएको छ की ? छ भनें मलेसियामा देश परदेश का सहकर्मी सुदिप निउरेको सम्पर्क नम्वर ०१ ६७ १० ५२ ३० मा खवर गरिदिनुहोला । यसैगरी सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, खोटाङको फोन नम्वर ०३६ ४२० ५२७ मा पनि जानकारी गराउन सक्नुहुन्छ ।

– लालिगुराशबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।