अस्पतालको सेवा विस्तारमा भारतले सहयोग गर्ने : राजदूत पुरी

पोखरा, १५ असार । भारतीय राजदूत मन्जिभसिंह पुरीले हिमालय आँखा अस्पतालको सेवा विस्तारका लागि आवश्यक स्रोतसाधन जुटाउन पहल गर्ने बताउनुभएको छ ।

हिमालय आँखा अस्पताल घारीपाटन पोखराको आज निरीक्षणका क्रममा उहाँले स्वास्थ्यको पहँुंचबाट वञ्चित भएका ग्रामीण भेगका जनताका लागि अस्पतालले शिविर सञ्चालन तथा आँखाको उपचारमा समर्पित हुनु प्रशंसायोग्य काम भएको बताउनुभयो ।

भारतीय राजदूत पुरीले अस्पतालको सेवा विस्तारका लागि भारतको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

पाँच वर्षसम्म आँखाको ज्योति गुमाएकालाई उपचारको माध्यमबाट पुनः आँखा देख्नसक्ने बनाउने कामले आफू निकै प्रभावित भएको बताउँदै उहाँले आगामी दिनमा यसरी नै सेवा गर्न अस्पतालका चिकित्सक तथा कर्मचारीलाई आग्रह पनि गर्नुभयो ।

भारतीय राजदूत पुरीले नेपाल–भारत मैत्री सम्बन्धले दुबै देशबीच एक आपसमा सहयोग जारी रहेको बेलामा हिमालय अस्पतालले नेपालको विभिन्न भागमा पु¥याएको सेवा सुविधाबाट आफू निकै खुसी रहेको र आगामी दिनमा आँखाको उपचारमा आवश्यक पर्ने स्रोतसाधन जुटाउन आफूले पहलकदमी गर्ने बताउनुभयो ।

सो अवसरमा राजदूत पुरीलाई नेपाल नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष डाक्टर दिलबहादुर क्षेत्री, हिमालय आँखा अस्पताल घारीपाटन पोखराका प्रमुख डाक्टर इन्द्रमान महर्जन र शैलेश मिश्रले हिमालय आँखा अस्पताल र नेत्रज्योति सङ्घले हालसम्म गरेका गतिविधिबारे जानकारी गराउनुभएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।