यसकारण प्रधानसेनापति क्षेत्री अमेरिका र बेलायत जाँदै

काठमाडौँ, १५ असार । प्रधानसेनापति राजेन्द्र क्षत्री रक्षासम्बन्धी कार्यक्रममा भाग लिन शुक्रबार संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्थान गर्दै हुनुहुन्छ ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा असार २३ गते आयोजना सो विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशको दोस्रो प्रमुख रक्षा सम्मेलन तथा बेलायतका सेनाध्यक्षको औपचारिक निमन्त्रणामा ती दुई मुलुकतर्फ जान लाग्नुभएको हो ।

राष्ट्रसङ्घ मुख्यालय, भ्रमणका क्रममा प्रधानसेनापति क्षत्री असार २३ गते संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा आयोजना हुने दोस्रो प्रमुख रक्षा सम्मेलनमा सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले विशिष्ट व्यक्तिसँग छुट्टाछुट्टै भेटघाटका साथै राष्ट्रसङ्घको शान्ति सैनिक मिसन कङ्गो तथा दक्षिण सुडानका सैनिक नेतृत्वसँग समेत छुट्टाछुट्टै भेटघाट गर्नुहुने छ ।

भ्रमण कार्यक्रममा प्रधानसेनापतिको साथमा रक्षा सचिव श्रीधर सापकोटा रहनुहुनेछ । बेलायतको औपचारिक भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले बेलायतका रक्षामन्त्री र बेलायती सेनाका प्रमुखसँग छुट्टाछुट्टै भेटघाट गर्नुका साथै बेलायती सेनाको सैनिक मुख्यालय एवम् विभिन्न सैनिक एकाइको समेत भ्रमण गर्नुहुने कार्यक्रम छ । प्रधानसेनापति क्षत्री यही असार ३१ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।