अपहरणमा परेका दाङका ब्यापारी श्रेष्ठको शव सल्यानको ज‌ंगलमा भेटियो

अपहरणमा परेका दाङका ब्यापारी राजकुमार श्रेष्ठको शव सल्यानमा भेटिएको छ। सल्यानको पाथिभरा लेकमा रहेको घनघोर जंगलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।

जुँगा पालेका र कोट लगाएका राजकुमार श्रेष्ठ र अर्का युवा रणबहादुर घर्ती हुन् ।

कुहिएको अवस्थामा शव फेला परेको सल्यान प्रहरीले जनाएको छ। प्रहरीले अहिले शव बोरामा हालेर दाङ ल्याउँदै छ। ब्यापारी श्रेष्ठ गत जेठ २६ गते साँझ अपहरणमा परेका थिए।

दाङका व्यापारी श्रेष्ठको अपहरणमा ‘युवती प्रयोग’
अपरहणमा परेका श्रेष्ठको खोजीका लागि सिआइबी र अपराध महाशाखाबाट विज्ञहरुको टोली खटेको थियो। टोलीले अपरहणमा सम्लग्न केहीलाइ पक्राउ गरेपछि उनीहरुकाे अाधारमा शव पत्ता लागेको हाे।

श्रेष्ठको अपहरणमा एक युवती र भारतीय पेशेवर प्रयोग भएको प्रहरीको निष्कर्ष छ। सोही दिन अपहरणमा परेका रणबहादुर घर्तीको अवस्था अझै अज्ञात छ।

श्रेष्ठको शव भेटेपछि प्रहरीले पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।