तेह्रथुममा गएराती पहिरोले घर पुरिदा ३ जनाको ज्यान गयो, ३ घाईते
धनकुटा खबर, तेह्रथुम १७ असार । तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर ५ आङदिममा घरमाथीबाठ झरेको पहिरोले पुरीएर गएराती ३ जनाको मृत्यृ भएको छ भने ३ जना घाईते भएका छन ।
गएराती परेको बर्षा सँगै आएको पहिरोले घर पुरिँदा म्याङलुङ ५ आङदिम बस्ने ५० बर्षीया कुमारी सोदेम्बा , ९ बर्षीया पृती सोदेम्बा र ७ बर्षीया प्रेम कुमार सोदेम्बाको घटना स्थलमै मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
पहिरोले घर पुरै पुरीए पछि भाग्ने क्रममा ३५ बर्षीया सोम कुमार सोदेम्बा , १५ बर्षीया पञ्ची सोदेम्बा र १४ बर्षीया साधना लिम्बु घाईते भएका छन् ।
घाइतेहरुलाई जिल्ला अस्पताल म्याङलुङमा उपचार भई रहेको प्रहरलिे जनाएको छ ।


