युवतीको प्रयोग गरेर अपहरणपछि हत्या गरिएका ब्यापारी श्रेष्ठलाई श्रद्धाञ्जलि दिन उर्लियो मानव सागर

तुलसीपुर, १७ असार । युवतीको प्रयोग गरेर अपहरणपछि हत्या गरिएका दाङको तुलसीपुर उपमहानगरपालिकाका ब्यवसायी राजकुमार श्रेष्ठलाई आज अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।

तुलसीपुरमा आज आयोजित कार्यक्रममा आफन्त, शुभेच्छुक, विभिन्न दलका नेता, कार्यकता, उच्च अधिकारलगायतले श्रद्धाञ्जलि दिएको रिपोर्टर्स क्लव नेपाल दाङ शाखाका अध्यक्ष एवम् पत्रकार शरद रेग्मीले जानकारी दिए ।

ब्यापारी श्रेष्ठको आजै शीतलपुरस्थित बबई नदीमा अन्त्येष्टि गरिनेछ ।

ब्यापारी श्रेष्ठलाई युवती प्रयोग गरेर पेशेवर समूहले तीन करोड रुपियाँ फिरौती माग गरेको थियो । तीन दिनसम्म भोकै जंगलमा हिँडाएपछि अपहरणकारी समूहले हत्या गरेर सल्यान जिल्लाको गुफामा फ्याकेको थियो ।

प्रहरीले अपहरणमा संलग्नहरूलाई नियन्त्रणमा लिएर उनीहरूकै बयानका आधारमा खोजतलास गर्दा श्रेष्ठको शव शुक्रबार सल्यानको घना जंगलमा फेला पारेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।