अस्पताल छेउमै रोकिराखेको स्कूल बसभित्र पुरुषको शव फेला

भक्तपुर, १८ असार । मध्यपुरथिमि नगरपालिका–४ क्षयरोग अस्पतालसँगै रोकिराखेको बा १ ख ९११५ नं को स्कूल बसभित्र झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

मध्यपुरथिमि नगरपालिका–४ तछुटोल बस्ने वर्ष ३० का बुद्धकृष्ण नापितको शव बसको सिट माथिको डण्डीमा झुण्डिएको अवस्थामा आज फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।