स्थानीय तह सङ्ख्या थप हुनसक्ने : उपप्रधानमन्त्री गच्छदार

विराटनगर, १९ असार । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले तेस्रो चरणको निर्वाचनअगावै प्रदेश नं–२ मा स्थानीय तहको सङ्ख्यामा वृद्धि हुनसक्ने बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यसका लागि दलहरूको सहमति आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा भाग लिने परिस्थितिको निर्माण गर्न आवश्यक रहेको प्रसङ्ग कोट्याउँदै उहाँले संविधान संशोधनलगायतका प्रस्ताव पारित गराउन नेकपा (एमाले) ले उदारतासाथ सहयोग गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।

तेस्रो चरणको निर्वाचन सम्पन्न भएपछि संविधान संशोधनको पहिलो कार्यभार पुरा हुने उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले निर्धारित समयमै प्रदेश र सङ्घीय संसद्को निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहनुभएका गच्छदारले दोस्रो चरणको निर्वाचन परिणामले आफ्नो पार्टी एउटा शक्तिको रुपमा देखिएको भन्दै उहाँले आगामी दिनको निर्वाचनमा अन्य दलसँग सहकार्य गर्न सदैव ढोका खुला राखेको धारणा व्यक्त गर्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।