बसको ठक्करबाट मोटरसाईकलमा सवार दुईको मृत्यु, एक पैदलयात्री गम्भीर घाइते

बनियानी (झापा), २० असार । मेची राजमार्गअन्तर्गत झापाको बुधबारे–चारआली सडकखण्डमा दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् ।

इलामबाट झापा आउँदै गरेको को१ख २९८८ नंको बसले विपरीत दिशामा जाँदै गरेको मे३प ५४७३ नंको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलका चालक करिब ३५ वर्षीय एक पुरुष र त्यसमा सवार ५५ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक दुबैका नाम र ठेगाना भन्ने खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोहि बसले ठक्कर दिदाँ गम्भीर घाईते भएकी बुद्धशान्ति गाउँपालिका–४ की पैदलयात्री ६० वर्षीया सन्तमाया तामाङको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।