सुतेकै ठाउँमा १३ वर्षीया किशोरीलाई चितुवाले खायो

अछाम, असार २१ । अछाममा गएराति घरैमा सुतिरहेको अवस्थामा १३ वर्षीया किशोरीलाई चितुवाले आक्रमण गरेको छ । मेल्लेख गाउँपालिका-८ हत्तिकोटको डुग्री गाउँका गोपाल भुलकी छोरी पवन भुललाई चितुवाले आक्रमण गरेर ज्यान लिएको हो । इलाका प्रहरी कार्यालय साफेबगरले दिएको जानकारी अनुसार राति आमासँगै ढोका नजिकै सुतेको बेला चितुवाले आक्रमण गरेको हो ।

ती किशोरीलार्इ चितुवाले घाँटीमा समातेर करिब एक सय मिटर पर पुर्याएको कान्तिपुर दैनिकमा खबर छ ।

प्रहरीका अनुसार किशोरीको शव घाँटी पुरै खाएको अवस्थामा भेटिएको । आमाले होहल्ला गर्दा चितुवा भागेको प्रहरीले जनाएको छ । गर्मीयाममा ढोका खुल्लै राखेर सुतेका बेला उक्त घटना भएको हो ।

किशोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अछाममा राखिएको छ । अछामका गाउँमा विगतको समयमा पनि चितुवाले थुप्रै गाउँलेलार्इ शिकार बनाइसकेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।