कुखुरा भुत्ल्याउन तताएको पानीमा परेर २ बर्षीय बालकले ज्यान गुमाए
पाल्पा । कुखुराको राैं भुत्ल्याउन तताएर राखेको तातो पानीको भाँडामा परेर दुई बर्षीय बालकको ज्यान गएको छ ।

फाईल फोटो
पाल्पा रिप्दीकोट गाउपालीका ५ कुशुमखोला बस्ने नारायण पुनको छोरा वर्ष २ को राजिव पुनको ज्यान गएको हो ।
खेल्ने क्रममा आफ्नै घरमा बोईलर कुखुराको प्वाँख फाल्नको लागि तताएको पानीमा उनी अचानक परेपछि घरकाले थाहा पाएका थिए ।
घाईते अवस्थामा उपचारको लागी मिशन अस्पताल तानसेन पाल्पामा लैजादा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


