यार्सागुम्बासहित चिनियाँ नागरिक पक्राउ

रसुवा, २१ असार । अवैधरुपमा नेपालबाट चीनतर्फ लान लागेको यार्सागुम्बासहित एक चिनियाँ नागरिक रसुवागढीमा आज अपराह्न पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार पक्राउपर्नेमा २४ वर्षीय चिनियाँ पुरुष सञ्जेही (कगलशजभ रहेका छन् ।

बुट्टेदार बट्टामा प्याकिङ गरी लुकाइछिपाइ चीनतर्फ लान लागेको अवस्थामा ती चिनियाँ नागरिकबाट २९६ थान यार्सागुम्बा बरामद गरिएको हो ।

पक्राउ परेका चिनियाँ नागरिकलाई हिमाली राष्ट्रिय निकुञ्ज ऐनअनुसार कारबाहीका लागि केही समय अगाडि लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइ थप अनुसन्धान भइरहेको बताइएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।