सिंधुवा-शुक्रबारे सडक सञ्चलानका लागी अब पहल सुरु गरिने

धनकुटा खबर / तेह्रथुम, २२ असार । सिधुवा शुक्रबारे सडक सञ्चालनका लागी अब पहल सुरु गरिने भएको छथर गाँउपालिका प्रमुख सन्तोष तिगेलाले बताउनु भएको छ ।

नब निर्बाचित प्रमुखका अनुसार बर्षाका कारण सडक अबरुद्ध बिरामी कोक्ने एम्बुलेन्स, यात्रु बाहक साधनहरु दुग्धजन्य पदार्थ बोक्ने सवारी सकाधनका साथै बाटो हिड्ने बटुवालाई समेत समस्या भई रहेकोले पहल सडक सञ्चालनका लागी तत्कालै सुरु गरीने भएको बताउनु भयो ।

सडक सञ्चालनका लागी प्रमुख जिल्ला अधीकारीको संयोजकत्वामा स्थानीय बिकास अधीकारी,जिल्ला प्राबिधीक कार्यालय,छथर गाँउपालिका र सिधुवा सुक्रबारे सडक स्तरउन्नती गर्ने आई पि कन्स्ट्रसनका जिम्मेवार ब्याक्ती सँग बैठकको आयोजना गरी ध्यानआकर्षण गरीने भएको प्रमुख तिगेलाले बताउनु भयो ।

सडक अबरुद्ध भए सँगै तेह्रथुम आङदिम हमरजुङ पञ्चकन्या फाक्चारा ओख्रे सुदाप दाँगपा सोल्मा सुङनाम लगायत पाँचथर र धनकुटा जिल्लाका स्थानीयबासीहरुलाई यात्रा गर्न कठीनाई बन्दै गएको छ । करीब तीन दसक पहिले निमार्ण कार्य सुरु गरीएको सडक निमार्णका लागी बर्षेनी रकम बिनीयोन भए पनि प्रयाप्त रकम बिनीयोन नहुँदा सडकको समस्या बर्षेनी ज्युकातिउँ रहँदै आएको सरोकारवाला बर्गहरुले बताउने गरेका छन् ।

यस बर्ष सडक स्तरउन्नतीका लागी जिम्मेवार पाएको आई पि कन्स्ट्सनका ठेकेदार सडक निमार्ण कार्यलाई बिचमै छाडी बेपत्ता भए सँगै समस्या झनै जटिल बन्दै गएको स्थानीयबासीहरुले बताउने गरेका छन । सडक अबरुद्ध भए सँगै तेह्रथुमको छथर क्षेत्रका किसानहरुले उत्पादन गरेको कृषीजन्य सामाग्री ढुवानीका साथै खरिद बिक्रीमा समेत समस्या बन्दै गएको किसानहरुले बताउने गरेका छन ।

स्थानीयबासीहरु भन्छन् नेताहरुले सिधुवा सुक्रबारे सडकका लागी गर्छाै भनेर स्टेजमा कति भने कती तर अहिले हामीले जिताएका स्थानीय नै भएकोले सडक बन्ने आशा जागेको छ । सडक अबरुद्ध सँगै बिरामीहरुलाई स्टेचरमा करिब ३ घण्टाको बाटो बोकेर उपचार गर्ने लैजानु पर्ने बाध्यता बनेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।