ओत लाग्ने झुपडी नहुँदा चुहिएको छाप्रोमा रात कटाउँदै आएका गंग बहादुरलाई घर निमार्णका लागी मलेसियाबाट सहयोग
धनकुटा खबर / तेह्रथुम, २३ । असार तेह्रथुम छथर गाँउपालिका वडा नंम्बर २ स्थित हमरजुङ खैरेनीमा बास बस्ने झुपडी नहुँदा छाप्रामा रात कटाउँदे आएका गंग बहादुर लिम्बुलाई घर निमार्र्णका लागी मलेसियाबाट सहयोग हुने भएको छ ।

आर्थिक कम्जोरका साथै चेतना अभाबका कारण घर निमार्ण गर्न नसक्दा सानो चुहिएको छाप्रोमा जिबन गुजारा गर्दै आएका लिम्बुको बारे बिभीन्न सञ्चार माध्यममा समाचार प्रकासन तथा प्रसारण भए सँगै तेह्रथुम छथर गाँउपालिका वडा नम्बर २ खैरेनी निबासी कुमार सुब्बाको सकृयतामा मलेसियामा कार्यरत नेपालीहरुबाट रकम संकलन गरी घर निमार्णका लागी सहयोग हुने भएको हो ।
घर निमार्णका लागी आबश्यक सामाग्री जस्ता पाता खरिदका लागी रकम संकलन गरि सहयोग गरीएको सुब्बाले फोन मार्फत जानकारी दिनु भयो । २ छोरा र श्रीमती भएको लिम्बुको परिवार आर्थिक कम्जोरीका कारण बालबच्चा लालनपालनका लागी अरुको बनीबुतो गर्नु पर्ने बाध्यताका कारण पनि बास बस्ने घर बनाउनु नसकेको बताउनु हुन्छ ।
साना कलिला नानीहरुलाई एक छाक खान र एकसरो लाउन समस्या सँगै बास बस्ने घर नुहँदा पानी झरीमा अरुको सरण लिनु पर्ने बाध्यता रहँदै आएको छ ।
पूर्व प्रकाशित यो समाचार पनि हेर्नुहोस् -> ओत लाग्ने झुपडी नहुँदा चुहिएको छाप्रोमा रात कटाउँदै तेह्रथुमका गंग बहादुरको परिवार


