‘क्लीन फिड’ लागू गरे साउन १ गतेदेखि नेपालमा प्रसारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणा

काठमाडौँ, २५ असार । केवल टेलिभिजन कम्पनीले सरकारले ‘क्लीन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) लागू गरे साउन १ गतेदेखि नेपालमा प्रसारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणा गरेका छन् ।

नेपाल केबल टेलिभिजन महासङ्घ, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपालले संयुक्त विज्ञप्ति जारी गरी सरकारले लागू गर्ने तयारी गरेको (क्लीन फिड) नीति फिर्ता लिन माग गरेका हुन् ।

उक्त (क्लीन फिड) नीति—२०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरीत रहेको दाबी गर्दै उनीहरुले फिर्ता नभए साउन १ गतेदेखि सबै टेलिभिजन सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।

भू–परिवेष्ठित र खुला सिमाना भएको मुलुकमा विदेशी डिटीएचको चोरी पैठारी हुनसक्ने र नेपाली डिटीएच कम्पनी तथा केवल कम्पनी धरासायी बन्ने व्यवसायीको गुनासो छ ।

विज्ञप्तिमा भनिएको छ–“विज्ञापनरहित नीति, २०७३ लागू गरिएमा नेपाली डिटीएच कम्पनी तथा केबल कम्पनी बन्द नै हुन्छन् भने सोबाट नेपाली टेलिभिजन पनि बन्द हुनेछन्, किनकि हाल नेपाली टेलिभिजनको प्रसारण डिटीएच कम्पनी तथा केबल कम्पनीमार्फत भइरहेको छ । यसरी विज्ञापनरहित नीति लागू गरिएमा यस क्षेत्रमा लगानी भएको अर्बांै रुपैयाँ खेरजाने स्पष्ट छ ।” रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।