फेरी सर्यो भरतपुरको सुनुवाई, अब भरतपुरले साउन २ गतेसम्म मेयर नपाउने

काठमाडौं २६ असार । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदातमा परेको मुद्दाको सुनुवाई फेरि सरेको छ । अर्को सुनुवाई साउन २ गते हुने छ ।

न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषेत्तम भण्डारीको संयुक्त इजलाशमा मुद्दाको पेशी तोकिएको भएपनि न्यायाधिश ओमप्रकाश मिश्रले नभ्याउने भएपनि पेशी सरेको हो । पहिलो चरण अन्तर्गत वैशाख ३१ मा सम्पन्न भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको समयमा जेठ १४ गते मतपत्र च्यातिएको थियो ।

मतपत्र च्यातिएपछि विभिन्न चरणमा अध्ययन गरेको निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयको विरोधमा सोहि वडाका वडासदस्यका उम्मेदवार समेत रहेका गुञ्जमान विकसमेत दुई जनाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालते यसअघि च्यातिएको मतपत्रको सक्कल अदातलमा मगाएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।