सिंधुवा-शुक्रबारे सडक निमार्णको कार्य बिचैमा छाडी बेपत्ता भएपछि ठेक्का पाएको कन्सट्रक्सनलाई १५ दिने अल्टिमेटम

धनकुटा खबर / तेह्रथुम, २६ असार । करिब ३ दशक अघीबाट निमार्ण भएको सिधुवा सुक्रबारे सडक स्तरउन्नतीका लागी ठेक्का पाएको कन्सट्रक्सनले सन्तोषजनक काम नगरे पछि १५ दिने अल्टिमेटक दिईएको छ ।

सडक स्तरउन्नतीका लागी ठेक्का पाएको वाई पि कन्सट्रक्सनले निमार्ण कार्य बिचैमा छाडी बेपत्ता भए सँगै छथर गाँउ पालिका प्रमुख सन्तोष तिगेलाको अगुवाईमा आईतबार तेह्रथुम जिल्ला प्रशासनमा भएको सरोकारवालाहरुको बैठकले १५ दिने अल्टिमेटम दिने निणर्य गरेको छ । १५ दिन भित्रमा कन्सट्रक्सनले सन्तोषजनक काम नगरेमा ठेक्का क्यान्सील गरी अर्को ठेक्का आब्हान गर्ने निर्णय भएको प्रमुख तिगेलाले बताउनु भयो ।

सडक स्तरउन्नतीको काम पाएको कन्स्ट्सनले भने १५ दिन भित्रमा सडक सञ्चालनका लागी तिब्र रुपमा काम अगाडी बढाउने बताएको छ । सडक अबरुद्ध भए सँगै तेह्रथुम आङदिम हमरजुङ पञ्चकन्या फाक्चारा ओख्रे सुदाप दाँगपा सोल्मा सुङनाम लगायत पाँचथर र धनकुटा जिल्लाका स्थानीयबासीहरुलाई यात्रा गर्न कठीनाई बन्दै गएको छ ।

सडक अबरुद्ध भए सँगै तेह्रथुमको छथर क्षेत्रका किसानहरुले उत्पादन गरेको कृषीजन्य सामाग्री ढुवानीका साथै खरिद बिक्रीमा समेत समस्या बन्दै गएको किसानहरुले बताउने गरेका छन । सडक अबरुद्ध सँगै बिरामीहरुलाई स्टेचरमा करिब ३ घण्टाको बाटो बोकेर उपचार गर्ने लैजानु पर्ने बाध्यता बनेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।