रुद्राक्ष खेतीमा किसानहरु आकर्षित, नर्सरीको माग अत्याधीक बढ्यो
धनकुटा खबर, तेह्रथुम / २९ असार । तेह्रथुमको ग्रामिण क्षेत्रहरुमा रुद्राक्ष खेतीमा किसानहरु आकर्षित भएका छन ।
पछिल्लो समय ग्रामिण क्षेत्रमा रहेका किसानहरु रुद्राक्ष खेती तर्फ आर्कषित बन्न थालेको करिब १ दसक देखी बिभिन्न प्रजातीका बिरुवा उत्पादनसँगे बिक्री बितरण गर्दै आउनु भएका छथर गाँउपाकिला ६ सुदापका किसान चन्द्र मादेनलेब बताउनु भयो । उहाँका अनुसार किसानहरुले अरु बर्ष भन्दा यस बर्ष रुद्राक्ष खेतीका लागि नर्सरीको माग अत्याधीक रुपमा आएको बताउनु भयो ।
नगदेबाली सँगै राम्रो फल दिए राम्रै आम्दामीको रुपमा लिन सकिने यो खेती जिल्लाको छथर, फेदाप र आठराई क्षेत्रमा पछिल्लो समय किसानहरुले खेतीलाई बिकास गर्न थालेका हुन ।
रुद्राक्षको बिरुवा यतिबेला बजारमा १ सय देखी ५ यस रुपैयाँमा बिक्री हुँदै आएको अगुबा किसान मादेनले बताउनु भयो । रुद्राक्ष खेतीलाई किसानहरुले ब्याबश्थीत तथा ब्याबशायिक रुपमा गर्न सके आर्थीक उन्नतीको लागी प्रबासी भुमिमा पसिना बगाउनुको कुनै आबश्यक नरहेको रुद्राक्ष खेती गर्दै आउनु भएका भुवान सिंह लिम्बुले बताउनु भयो ।
बजारको कुनै समस्या नरहेको घरैबाट ब्यापारीहरुले खरिद बिक्रीगर्ने गरेको यो खेती गर्नका लागी उचित ब्याबश्थापन सँगै बिकास गर्न सके किसानहरुले राम्रो आम्दामीको श्रोतको रुपमा लिन सक्ने देखिन्छ ।


