जिप र स्कुल बस ठोक्किँदा एकको मृत्यु, पूर्व-सांसद सहित ९ जना घाइते

धनुषा, असार २९ । जनकपुर–ढल्केवर सडकखन्डमा स्कुल बस र विपरीत दिशाबाट आइरहेको जिप ठोक्किँदा एकको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

जनकपुर उपमहानगरपालिका–१४ मुजेलियास्थित बाबा पेट्रोलपम्पनजिकै उत्तरतर्फबाट आउँदै गरेको ना१प ४८०५ नम्बरको स्थानीय मोनाष्टिक स्कुलको बस र जनकपुरतर्फबाट गइरहेको को१च ८५१७ नम्बरको स्कारपियो जिप ठोक्किँदा सिरहाको लहान नगरपालिका–१२ की ललिता चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा पूर्वसांसद सरितादेवी चौधरी तथा स्थानीयवासी हरेराम यादव, मणि कामत, सागरदेवी चौधरी, रामरती महरा र स्कारपियो चालक दिलीप चौधरीको हातखुट्टा र टाउकामा गम्भीर चोट लागेकाले उपचारका लागि विराटनगर न्युरो अस्पतालमा पठाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले जानकारी दिए ।

दुर्घटनामा अन्य सामान्य घाइते भएका तीनजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।