इटहरी उपमहानगरका नवनिर्वाचित मेयर भन्छन,- म रिवन काट्न मेयर भएको होइन, मैले जे भनेको छु त्यो पुरा गर्छु, भ्रष्टकर्मचारीलाई ६ महिनामा जेल हाल्छु
इटहरी, इटहरी उप महानगरपालिकको मेयरमा निर्वाचित भएको पर्सी पल्ट नव निर्वाचित मेयर द्धवारीकलाल चौधरीले अन्तरवार्तमा भन्नु भयो–‘ मैले जे भनेको छु त्यो पुरा गर्छु ।’ भनेको कुरा पुरा गर्न चुनौती नै चुनौती छ संवाददाताको शंका थियो । शंका व्यक्त गर्न नपाँउदै उहाँले भन्नु भयो – ‘म रिवन काट्नका लागि मेयर भएको होइन मेरा प्राथमिकता अरु छन् ।’कुरालाई होइन कामलाई बिश्वास गर्ने सम्बाददाताको जवाफ पछि चौधरीले भन्नु भयो –‘केहि दिनमै चौधरीको काम देख्न पाउनु हुन्छ ।

’अन्तरवार्ताको प्रसंग फरक मोडमा गयो । अन्तरवार्ता सकिएको दुई दिन पछि चौधरीका बिषयमा एउटा चर्चा चल्यो इटहरीको १२ नम्बर वाडा खनारमा । कार्यक्रमको प्रमुख अतिथी बनेर आउनु भएका नव निर्वा्चित मेयर द्धवारीकलाल चौधरी कार्यक्रममा नवसी हिड्नु भयो । आयोजकहरु तनाबमा परे । आयोजक तनावमा पर्नु पर्ने कारण थियो समयमा कार्यक्रम शुरु गर्न नसक्न्नु ।
असार २८ गते मंगलबार ७ औ आमन्त्रण खुल्ला उसु क्वान प्रतियोगिताको प्रमुख अतिथीको रुपमा इटहरीका नव निर्वा्चित मेयर द्धवारीकलाल चौधरीलाई निम्ता आयो । एमाले निकट खेलकुद महासंघले निम्ता गरेपछि उहाँले कार्यक्रममा आउने स्वीकृती दिनु भयो । कार्यक्रम इटहरी १२ खनार चोकको शिव मन्दिर अगाडि ठिक ११ बजेबाट शुरु गर्ने आयोजकले मेयर चौधरीलाई दिएको पत्रमा उल्लेख थियो ।
निम्ता अनुसार प्रमुख अतिथीको भूमिका निर्वाह गर्न उहाँ ठिक ११ बजे खनार चोकमा पुग्नु भयो । ११ बजे कार्यक्रम स्थलमा आयोजकहरु थिएनन् । केहि बेर लाग्ला भनेर उहाँ एमालेका तत्कालिन जिल्ला सदस्य राजकुमार सरदारको घरमा जानु भयो । केहि समय अघि सरदारको निधन भएकाले उहाँ परिवारका सदस्यहरुलाई आश्वस्त पार्न र उहाँको परिवारसँग भेटघाट गर्ने हिसाबले सरदारको घर पुग्नु भएको थियो ।
सरदारकी श्रीमती र छोराछोरीलाई भेटेपछि पुन उहाँ कार्यक्रम स्थलमा पुग्नु भयो । त्यतिबेला साँढे ११ बजिसकेको थियो । त्यो बेला पनि कार्यक्रम शुरु भएको थिएन । त्यसपछि उहाँ एमाले इटहरीका उपाध्यक्ष तथा नव निर्वा्चित वाडा नम्बर १३का वाडा अध्यक्ष शिवनारायण चौधरीको घरमा पुग्नु भयो । केहिबरे शिवनारायणको घरमा बसेपछि पुन उहाँ कार्यक्रम स्थल नै फर्कनु भयो । त्यतिबेला घडीको सूइमा १२ बजिसकेको थियो । ११ बजे प्रमुख अतिथीलाई बोलाएको कार्यक्रम १२ बजे सम्म पनि शुरु हुने छाँटकाँट नदेखेपछि नव निर्वा्चित मेयर द्धवारीकलाल चौधरी कार्यक्रम स्थल छाडेर हिड्नु भयो । उहाँले न आयोजकलाई फोन गर्नु भयो न त कसैलाई सम्पर्क नै ?
म रिवन काट्न मेयर भएको होइन
कार्यक्रम छाडेर हिड्नु भएका नव निर्वा्चित मेयर द्धवारीकलाल चौधरीले आफू रिवन काट्न मेयर नभएको प्रतिक्रिया दिनु भएको छ । उहाँले आफ्ना अरु नै प्राथमिकताका काम रहेको बताउनु भयो । ’खेल र खेलाडीको सधै सम्मान गर्नु पर्छ भन्ने छ तर आयोजकले यस्तो लापरवाही आगामि दिनमा नगरुन भनेर मैले कसैलाई फोन नगरी हिडेको हुँ । ५ बर्षका लागि इटहरीको मेयर मात्रै नभएर आफू अगुवा समेत भएका हिसाबले मैले यहाँको चाल चलन र रिती पनि सिकाउनु पर्ने छ । ’उहाँले अव इटहरमिा द्धवारीकलाल चौधरी अन टाइम हुने बताउनु भयो । उहाँले अव इटहरी उप महानगरले गर्ने कार्यक्रम पनि तोकिएको समयमा नै शुरु हुने बताउनु भयो । अतिथीलाई बोलाएर घण्टौ कुराउने चलन अव अन्तय हुनु पर्छ । जनताका धेरै समस्या छन् । जनप्रतिनीधिहरुले जनताका काम र समस्याका बिषयमा ध्यान दिनु पर्छ औपचारिक कार्यक्रममा सरोकारवालाहरुले ध्यान दिए हुन्छ ।
पैसा कमाउन मन भए व्यपार गर्न कर्मचारीलाई सुझाब
इटहरी उप महनागरका नव निर्वा्चित मेयरका बारेमा अहिले शहर भरि चर्चाशुरु भएको छ ।कतिपय त उहाँका बारेमा गरिने कुरा किस्सा जस्ता पनि छन् । इटहरी उप महनगरका कर्मचारीका दिन गए । चिया पसलमा आजकाल हुने पहिलो गफ हो । मेयर चौधरी आफै भन्नु हुन्छ –‘काम नगर्ने कर्मचारीले बिदा लिए हुन्छ ।’ स्थानीय तहको निर्वाचनका बेला इटहरीको मेयरमा उम्मेद्वारी दिएपछि उहाँले भन्नु भएको थियो इटहरी उप महानगरको काम कारवाही चुस्त दुरुस्त हुन्छ । जनताले सेवा लिँदा एक रुपैयाँ पनि अतिरित्त शुरु तिर्न पर्दैन । कर्मचारीका रुपमा बसेर घुस खन्छु भन्ने सोच्छ भने राजिनामा दिए हुन्छ ।यो मेयर हुनुभन्दा अगाडि गरिएको बाचा हो । इटहरी उप महानगरमा हुने ढिलासुस्ती र आर्थीक अपरादर्शीता रोकिन्छ ? मेयर भइसकेपछि सम्बाददाताको जिज्ञासामा उहाँले भन्नु भयो –‘सेवक हुन्छ भनेर जागिरको सपथ खाएको कोहि कर्मचारीले एक रुपैयाँ पनि अनियमितता गर्यो भने जागिर छाडे हुन्छ । उहाँले आफूले पदभार ग्रहण गरेको दिनबाटै कर्मचारीको कामलाई निगारानी गर्ने योजना सुनाउनु भयो । उहाँले अहिले सम्म कार्यालयमा गएर काम थाल्नु भएको छैन । कर्मचारीका कारण बदनामी हुने हो त्यसैले कसले काम गरेको छ को झारो टारीरहेको छ म सुक्ष्म रुपमा बिश्लेषण गर्छु । नगरपालिका भित्र बसेर पैसा कमाउछु भन्ने सोचेको छ भने राजीनामा गरेर व्यपार गरे हुन्छ ।
खोलामा डोजर
इटहरीको अहिलेको तात्कालिन समस्या भनेको डुवान हो । बर्षायाममा इटहरीका धेरै जसो वस्ती डुवानमा पर्छ । इटहरीको मुख्य चोकदेखि दक्षिणपट्टी पानी परेसँगै ट्याङ्ग्रा खोला सडक बाटै बग्छ । वस्तिमा पानी पस्छ । सयौ परिवारको विचल्ली हुन्छ । यो समस्यालाई समाधान गर्ने भन्दै नव निर्वा्चित मेयर चौधरीले आफू मेयर भएको भोलीपल्टदेखि इटहरीका खोलामा डोजर कुद्ने बताउनु भएको थियो । इटहरीको खोलामा कहिलेदेखि डोजर कुद्छ सम्बाददाताको जिज्ञासामा उहाँले भन्नु भयो – मेरो पहिलो प्राथमिकता भनेकै अहिले यसैमा छ । उहाँले खोलाको जग्गा मिचेर बनाएका संरचनाका बारेमा अध्ययन गरिरहेको र यो अध्ययन सकिने बित्तिकै खोलामा डोजर कुद्ने बताउनु भयो । खोलाको साँध सिमाना मिच्ने अनि डुवानमा परियो भनेर आन्दोलन गर्ने ? उहाँको आक्रोस छ जव सम्म खोलाको साँध सिमाना मिचेका संरचना हट्दैनन इटहरीमा सधै डुवानको समस्या भइरहन्छ । उहाँले केहि दिनमा खोला मिचेका संरचना भत्काइने बताउनु भयो ।
२२ सालपछि कम व्याक चौधरी
नव निर्वा्चित मेयर द्धवारीलाल चौधरीका बिषयमा अनेक किस्साहरु छन् इटहरीमा । ‘चौधरीले अव कसैलाई गरिखान नदिने भो ।’ बजारको अर्को चर्चा हो यो । यसका पछाडिका कारण छन् नव निर्वा्चित मेयर आफूलाई लागेपछि अरु कसैको कुरा सुन्नु हुन्न । आफ्नै पार्टी संगठनले भनेको काम पनि गर्नु हुन्न र मान्नु हुन्न उहाँसँग काम गरेकाहरुको अनुभव हो यो । यसले पनि काम गर्न अफ्ठेरो हुने धेरैको अनुमान छ । पैसा कमाउन मेयर नभएको बारम्बार दोहोर्याउने चौधरीले २०२२ सालपछि इटहरीमा चौधरीको ‘कम व्याक’ भएको बताउनु भयो । थारु भषबाटै इटहरुीको नामाकरण भएको इटहरीमा २०२२ सालमा इटहरी गाँउ पञ्चायत पञ्चायतको अध्यक्ष बन्नु भएको थियो लक्ष्मण चौधरी । उहाँलाई भ्रष्टचारको मुद्या लगाएर ६ महिना पनि काम गर्न नदिइ जेल हालिएको थियो । नवनिर्वा्चित मेयर चौधरीले लक्ष्मण चौधरीलाई नदेखेको र उहाँसँग नदाँज्न आग्रह गर्नुभयो । उहाँले भन्नु – ‘उहाँलाई ६ महिनामा भ्रष्टचारको मुद्यामा जेल हालियो अव म भ्रष्टचार गर्ने धेरैलाई छ महिनामा जेल हाल्छु । ’


