ठोकर्पा भिडन्त, जहाँ माओवादी र राज्यबीचको अन्तिम भिडन्त भएको थियो, यसरी सम्झिईन सभामुख्ले (हेर्नुहोस् भिडियोसहित)
काठमाडौं, असार ३० । ‘पत्रकार र सुरक्षा’ विषयमा फोटो प्रदर्शनी सुरु भएको छ। फोटोजर्नालिस्ट क्लबको आयोजना तथा इन्टरनेशनल मिडीया सपोर्टको सहयोगमा बबरमहलस्थित आर्ट काउन्सिलमा जारी फोटोप्रदर्शनीको सभामुख ओनसरी घर्तीले शुक्रबार उद्घाटन गरिन्। सभामुख घर्तीले फोटोपत्रकारहरुको फोटो खिचेर उद्घाटन गरेकी थिइन्।
घर्तीले फोटोपत्रकारहरुका समस्याका बारेमा सदन सकारात्मक बन्ने बताइन्। द्धन्दकाल तथा गणतन्त्र प्राप्तीका लागि महत्वपूर्ण भुमिका खेल्ने र ठूला ठूला चुनौतीको सामना गर्ने पत्रकारहरुलाई आफूले सदैव सम्मान रहेको उनको भनाई थियो।
उनले जनयुद्धको समयमा सिन्धुपाल्चोकको ठोकर्पामा भएको भिडन्तको बारेमा समेत कार्यक्रममा सम्झना गरिन्। ‘काठमाडौं बाट दुई जना पत्रकार जनमुक्ति सेनाको तस्बिर खिच्न आउनु भएको थियो। तर अचानक सेनाले आक्रमण गर्यो’, उनले भनिन्, ‘त्यतिबेला आफु मरेर भए पनि पत्रकार साथीहरुलाई बचाउनु पर्छ भनेकी थिँए।’ ठोकर्पामा जनमुक्ति सेना सार्वजनिक हुँदा पत्रकार भोजराज भाट र कियोगो ओगुरा त्यहाँ पुगेका थिए। त्यतिबेला आफुले पत्रकारहरु असुरक्षित भएर पनि समाचार र तस्बिर संकलन गर्ने गरेको महसुश गरेको सुनाईन्। ठोकर्पा भिडन्त माओवादी र राज्यबीचको अन्तिम भिडन्त थियो।


