ट्रक र बस ठोक्किँदा दुबै सवारीका चालक सहित ३१ घाइते

असार ३१ । पृथ्वी राजमार्गको खटौटीमा यात्रु बस र ट्रक ठोक्किदा ३१ जना घाइते भएका छन् । महोत्तरीबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ५०२ नम्बरको यात्रु बस र विपरिततर्फबाट जाँदै गरेको ना ६ ख १२४ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ खटौटी पुल नजिक जुधेर दुर्घटनामा परेको हो ।

शनिबार विहान करिब साढे ६ बजे भएको दुर्घटनामा बस र ट्रक दुबै सवारीका चालक सहित ३१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका इनिस्पिेक्टर बरुण बहादुर सिंहले जानकारी दिए ।

गम्भीर घाइते ३ जनालाई उपचारको लागि काठमाडाँै लगिएको छ भने अन्य घाइतेहरुको मलेखु सामुदायिक अस्पताल र गजुरीमा उपचार भइरहेको छ । घाइते हुनेमा अधिकांश बसमा सवार यात्रु छन् ।

दुर्घटनापछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग ३ घण्टापछि एकतर्फी खुलेको छ । लोड ट्रक भएकोले साइड लगाउन नसकिएकोले राजमार्ग खुलाउन समस्या भएको इनिस्पेक्टर सिंहले बताए । दुबै सवारीका चालक घाइते भएकोले दुर्घटनाका कारण खुलेको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।