भ्रष्टाचार आरोपमा थुनामा रहेका चूडामणि शर्माको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकियो

काठमाडौँ, १ साउन । सर्वोच्च अदालतमा भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको रिहाइको माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइ आज हेर्दाहेर्दैमा सकिएको छ ।

शर्माको आज सुनुवाइ भए पनि समय अभावले नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखी सोमबार पुनःसुनुवाइका लागि तय गरेको अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी गराउनुभयो ।

अदालतका न्यायाधीशद्वय चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ गरिरहेको छ ।

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई गत मंगलबार गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको छ । शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पूँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्याेट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।