बाढी-पहिरोमा परेका घाइतेको उद्दार गर्न गएको हेलिकोप्टरमा चरम राजनीति, कांग्रेस नेताले यस्तो सम्म गरे
२ साउन, रामेछापको लिखु गाउँपालिका–६ खिम्तीमा शनिबार राति आएको बाढी पहिरोमा परी पाँच जना बेपत्त्ता भएका छन् । आइतबार दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना हराइरहेका छन् ।

घटनामा परि ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । उनीहरुको काठमाण्डुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घाइतेको उद्दारको लागि आएको हेलिकप्टरमा पनि राजनीति भएको छ । घाइतेहरुलाई उद्दार गरी काठमाण्डु लैजानको लागि आएको नेपाली सेनाको हेलिकप्टर खिम्ती आउने नसके पछि नजिकै रहेको दोलखाको देवीटारमा बसेको थियो ।
हेलिकोप्टर रहेको स्थानसम्म बिरामीलाई लैजान कठिन भएपछि नेपाली कांग्रेसका नेता कान्छाराम तामाङको पहलमा निजी कम्पनीको हेलिकप्टरले खिम्तीमा आएर घाइतेहरुलाई देवीटारसम्म पुर्याएको थियो ।
आइतबार साँझ बसेको जिल्ला दैविकप्रकोप उद्दार समितिको बैठकले सो हेलिकप्टको खर्च लिखु गाउँपालिकाले व्यवस्थापन गर्ने निर्णय गरेको छ । तर सामाजिक सञ्जालमा कांग्रेस नेता कान्छाराम तामाङले आफ्नै खर्चमा हेलिकप्टरलाई घाइतेहरुको उद्दार गराएको भन्दै विपद्को घटनालाई राजनीतिकरण गरिएको छ ।
दैवीप्रकोप उद्दार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खत्रीले समितिको बैठकले गाउँपालिकाले खर्च व्यवस्थापन गर्ने कुराको निर्णय गरी सकेको बताए ।


