मलेसियामा नेपाली सुरक्षा गार्डको यी चारवटा भिडियो बन्यो भाइरल – हेर्नुहोस् भिडियो सहित

एजेन्सी, ३ साउन । मलेसियामा पहिलो रोजाइमा पर्ने नेपाली सुरक्षा गार्डले हालै गरेको एउटा कामले यतिबेला यहाँको इन्टरनेट दुनियाँ तताइरहेको छ ।

सुवाङजयाको एक अपार्टमेन्टको सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डमाथि आक्रमण गर्ने मार्सल आर्टका पारङगत लडाकूसँग भएको भिडन्तको भिडियो यतिबेला मलेसियामा भाइरल भइरहेको छ ।

यो भिडियो अहिलेसम्म ६० लाखभन्दा बढिले हेरिसकेका छन् भने करिव ५४ हजार जनाले सेयर गरेका छन् । ‘डिस्कभर सुवाङजया’ फेसबुक पेजबाट सार्वजनिक गरिएको यो भिडियोमा सुरुमा एक हट्टाकट्टा युवक अपार्टमेन्टमा प्रवेश गर्न खोज्छन् । सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डले सोधपुछ गर्दा उनले नेपाली सुरक्षागार्डमाथि मुक्का प्रहार गर्छन् ।

तत्कालै उनले प्रतिबाद गर्छन । सँगै ड्युटीमा रहेका अन्य नेपाली सुरक्षागार्ड पनि उनको सहयोगका लागि आइपुग्छन । ठूलो ज्यानका यी मार्सलआर्ट खेलाडी हेर्दाहेर्दै नेपाली सुरक्षागार्डको कब्जामा पुग्छन् । उनलाई नियन्त्रणमा लिएर सुरक्षागार्डले डोरीले हात बाँधिदिन्छन् ।

चारवटा भिडियो र दुईवटा तस्वीरसहित पोष्ट गरिएको यो भिडियो २४ घण्टा नपुग्दै मलेसियाभर भाइरल भएको छ । सामाजिक सञ्जालमा मलेसियाली नागरिकहरुले नेपाली सुरक्षागार्डको ड्युटीप्रति खुसी ब्यक्त गरेका छन् । नेपाली सुरक्षागार्डले राम्रो काम गरेको र यही कामका कारण मलेसियाका वस्तीहरु सुरक्षित रहेको भन्दै उनीहरुले नेपाली सुरक्षागार्डलाई बधाइ पनि दिएका छन् ।

सुरक्षागार्डको नियन्त्रणमा परेका मार्सल आर्ट लडाकूले भने आफुले सुरुमा थप्पड हान्नु गल्ती भएको फेसबुकमार्फत् बताएका छन् । आफु उनीहरुसँग लडन सक्षम भए पनि धेरै प्रतिकार नगरेको उनले दावी गरेका छन् । ‘मैले सुरुमा थप्पड हान्नु गल्ती थियो, मैले उनीहरुसँग सरी भनेर माफी पनि मागिसकेँ । यो एउटा सामान्य असमझदारीबाहेक केही हैन् ।’ उनले भनेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖