भारतको सिक्किमस्थित सिमा क्षेत्रमा चिनियाँ सेनाको आक्रमणमा १५८ भारतीय सैनिक मारिएको समाचार आएपछि…

काठमाण्डौ, ३ साउन । चीनले भारतको सिक्किमस्थित सिमा क्षेत्रमा चिनियाँ सेना र भारतीय सेनाबीच गोली हानाहान भएको र त्यस क्रममा १५८ भारतीय सैनिक मारिएको भन्ने समाचारको खण्डन गरेको छ ।

चीनका सरकारी मिडियाले उक्त हल्ला अस्वीकार गर्र्दै त्यसलाई निराधार भनेको छ । दुई देशका सैन्यबीच सिमा क्षत्रेमा तनाब बढिहरेका बेला पाकिस्तानी समाचार संस्थाले चिनियाँ जनमुक्ति सेनाको आक्रमणमा १५८ भारतीय सैनिक मारिएको समाचार प्रसारण गरेपछि चीनका तर्फबाट खण्डन आएको भारतीय पत्रिका हिन्दूस्तान टाइम्सको अनलाइन संस्करले जनाएको छ ।

उर्दु भाषाको एक पाकिस्तानी सञ्चारमाध्यमले सोमबार भएको चिनियाँ रकेट हमलाका क्रममा उक्त संख्यामा भारतीय सैनिक मारिएको र केही घाइते भएको दाबी गरेको थियो । भारतीय विदेश मन्त्रालयले खराब नियतका साथ उक्त निन्दनीय र आधारहीन समाचार प्रकाशित गरिएको भन्दै निन्दा गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता गोपाल वाग्लेले उक्त निन्दीय समाचारको भारतले खण्डनका साथै भत्र्सना गरेको उल्लेख गरेका छन् ।

चिनियाँ अधिकारी र सञ्चार माध्यमले समेत समाचार असत्य भएको स्पष्ट गरेका छन् । चीनले आफ्नो भू–भागमा अनधिकृत रुपमा भारतीय सैन्य प्रवेश गरेको बताएपछि केही महिनायता दुक्ष्ई देशबीच तनाब उत्पन्न भएको छ । दुवै मुलुकले सिमा क्षेत्रमा बाक्लो सुरक्षा तैनाथी गरे पनि गोली हानाहानका घटना भएका छैनन् । एजेन्सी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖