प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएको तेस्रो दिनमै निलम्बन सिफारिस !

काठमाण्डौं, ४ साउन । प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिसमा परेका विवादास्पद नायव उपरीक्षक (डीएसपी) सन्जिव शर्मा दासलाई निलम्बन गरिने भएको छ ।

पाँच वर्षअघि रामेछापको साबिक सैपू गाविस १, सिरेसमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप खेप्दै आएका डीएसपी शर्मालाई एसपी बढुवा सिफारिसमा भएको गल्ती सच्याउँदै निलम्बन गरिन लागिएको हो । मध्य क्षेत्रीय प्रहरी कार्यालयले कारवाहीको सिफारिस गरेका शर्मालाई बढुवा समितिले एसपीमा बढुवा सिफारिस गरेपछि चर्काे विरोध भइरहेको छ ।

कारबाही भोग्नुपर्ने डीएसपी शर्मालाई सरकारले पुरस्कार स्वरुप एसपीमा बढुवा सिफारिस गरेको भन्दै सञ्चार माध्यमले चर्काे आलोचना गरेपछि गृहमन्त्री जनार्दन शर्माले यसबारे चासो दिएका हुन् । उनले डीएसपी शर्मालाई एसपीमा सिफारिस त्रुटिपूर्ण भन्दै तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री शर्माले बुधबार फेसबुकबाटै डीएसपी शर्मालाई निलम्बन गर्न निर्देशन दिएको जनाएका छन् । शर्माले भनेका छन्, ‘सञ्चार माध्यमले डीएसपी सन्जिव शर्मा दासबारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो । सबैमा हार्दिक धन्यवाद । सन्जिव शर्माबारे थप अनुसन्धान गर्ने गरी निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउँछु ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖