गृहमन्त्रीको निर्देशनमा बम समातेर फाल्ने हवल्दार राना असईमा बढुवा

काठमाडौं, ५ साउन । स्थानीय चुनावका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम समातेर चर्चामा आएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाको असईमा बढुवा भएको छ ।

रानाको हालै मात्र प्रहरी सहायक निरीक्षकमा बढुवा भएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए । उनका अनुसार उत्कृष्ट कार्य गरे वापत रानाको बढुवा भएको हो ।

रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए।

रानाको बहादुरीको प्रशंसा गर्दै गृहमन्त्री जनाद्र्धन शर्माले थप राम्रो काम गर्न हौसला दिएका थिए। गृहमन्त्री शर्माकै निर्देशनमा रानालाई बढुवा गरिएको हो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।