नेपाली सेनाले चमत्कारै गर्न थाल्यो, यस्तो छ नेपाली सेनाले गरेको जनताको मन जित्ने काम

डोल्पा । दुर्गम जिल्ला डोल्पामा पछिल्लो समयमा नेपाली सेनाले सामाजिक गतिविधिका काममा आफ्नो सक्रियता बढाएको छ ।

वर्षात्को समयमा पहिरोले बाटोघाटो भत्केर आवागमन ठप्प हुँदा बाटो खुलाउनेसम्म कार्यदेखि कुनै व्यक्ति घरमै बिरामी पर्दा अस्पतालसम्म बोकेर लैजाने र बिरामीलाई प्राथमिक उपचारको व्यवस्थासमेत सेनाले गर्दै आएको छ ।

गत मंगलबार बाढीले पुल भत्काएपछि अवरुद्ध भएको सदरमुकाम दुनैदेखि मेलसरा हुँदै उपल्लो डोल्पासम्म जान प्रयोग हुने काठेपुललाई सेनाको टोलीले पुनःनिर्माण गरेर मार्ग सञ्चालन गरेको निकुञ्ज सुरक्षार्थ खटिएको कालीदत्त गुल्म सुलिगाडका गुल्मपती भगवान थापामगरले जानकारी दिनुभयो ।

“यसै पनि हामी राष्ट्र सेवक हौँ, आपत्विपत्मा सहयोग गर्नु हाम्रो दायित्वभित्र पर्छ, हामीलाई जति धेरै जनताको सेवा गर्ने अवसर मिल्छ हामी त्यति नै खुशी हुन्छौँ” – थापामगरले भन्नुभयो ।

त्यस्तै सेनाको टोलीले एक साता अगाडिमात्रै सुलिगाड नजिकै पर्ने दुनै जुफालखण्डको बाटो ठूलीभेरीको बहावले जोखिममा पारेपछि सेनाको प्रयासमा निर्माणसमेत गरिएको छ ।

जिल्लामा सेनाको अगुवाइमा वृक्षरोपण, सरसफाइ, सडक निर्माण, विपत्को समयमा उद्धारदेखि थुप्रै प्रकारका असहजता समाधान गर्ने प्रयास गरिरहेकाले डोल्पालीले सेनालाई आभार प्रकट गरेका छन् ।

जिल्लामा सेनाले आफ्नो काममात्रै पूरा नगरी अनवरतरुपमा सामाजिक कार्यमा संलग्न रहेर काम गर्दै आएकाले सेना साँच्चीकै दुःखी असहायको सहारासमेत भएको त्रिपुरासुन्दरी नगरपालिकाका लोकेश खत्रीले बताउनुभयो ।

सेनाकै प्रयासमा अबको एक वर्षभित्रै डोल्पामा मोटरबाटो पुगेर डोल्पालीको वर्षौंदेखिको सपना साकार हुन लागेकामा खत्रीले खुशी व्यक्त गर्नुभयो ।

दुर्गम जनताप्रति सेनाले गर्नसक्ने सम्पूर्ण सहयोग गर्न तत्पर रहेको सेनाले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।