नेपाल टेलिभिजनको अनुगमन
धनकुटा खबर, ७ साउन । नेपाल टेलिभिजनको उच्च स्तरीय पदाधिकारीको टोलीले तेह्रथुम प्रसारण केन्द्रको स्थलगत अनुगमन गरेको छ ।
नेपाल टेलिभिज संचालक समितिका सदस्य टंक पन्तको नेतृत्वको टोलीले उक्त प्रसारण केन्द्रको स्थलगत अनुगमन गरेको हो ।

टोलीले उक्त प्रसारण केन्द्रको जिर्ण रहेको भवन मर्मत गर्नका लागि आवश्यक पहल गर्ने, केन्द्र सम्मको पहुच मार्ग निमार्णमा पहल गर्नेर केन्द्रलाइ चाहिने आवश्यक सामाग्री चाँडो लगेर केन्द्रको स्तरउन्नतीका लगि पहल गर्ने जनाएको छ ।
यस अघि टोलीले क्षेत्रिय प्रसारण केन्द्र इटहरी संचालनका लागि निर्माणधिन भवन निर्माणको निरन्तरता र भवन सम्म जोड्ने पक्कि सडक निर्माणका लागि इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिसग छलफल गरि टोली तेह्रथुम प्रसारण केन्द्र आइपुगेको हो ।
उक्त टोलीमा नायव महाप्रबन्धक दिपक मणि धिताल,निर्देशक राजन कुमार श्रेष्ठ,निर्देशक गणेश बहादुर घिमिरे,निर्देशक विष्णुकुमार न्यौपाने, आर्थिक महाशाखा प्रमुख कृष्णचन्द्र भटराई ,शाखा प्रमुख पुरुषोतम मर्हजन,नेपालटेलिभिजन कर्मचारी संघका अध्यक्ष गोविन्द देवकोटा, धनकुटा संवाददाता बिदुर खवास रहेका थिए ।


