भारतले चीनबिरोधी भावनालाई हिन्दु राष्ट्रवादको आडमा थप उचाल्यो, युद्धमा धकेल्ने झनै खतरा

बेइजिङ, ८ साउन । भारतीय सेनाले दोक्लाम क्षेत्रमा गैरकानुनी प्रवेश गरेपछि एक महिना यता चीन र भारतविचको तनाव जारी छ । उक्त क्षेत्रबाट सेना फिर्ता लिन चीनले गरेको आग्रहलाई बेवास्ता गर्दै भारतले चीनबिरोधी भावनालाई राष्ट्रियताको आडमा थप उचालेको छ ।

भारत चीनबिरुद्ध गहिरो सामरिक शंकालाई मलजल गर्छ । भारतले चीनलाई आफ्नो बिरोधी र संभावित शत्रु ठान्छ । धेरै लामो समयदेखि भारतलाई घेरामा पार्ने ‘पर्ल अफ स्ट्रिङ’ नीति चीनले लिएको भन्ने कुरालाई नयाँदिल्लीले बढाईचढाई गर्छ । भारतलाई ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मा सहभागि हुन आग्रह गर्दै चीनले सद्भावको सन्देश दिएपनि भारतले भने यसलाई चीनको भारतलाई घेर्ने नीतिको रुपमा व्याख्या गर्छ ।

सन १९६२ मा भारतको पराजयपछि केही भारतीय चीनसँगको व्यवहारमा ‘जिरो–सम मेन्टालिटी’ कै अवस्थामा छन् । उक्त युद्ध भारतका लागि लामो घाउको रुपमा रह्यो, यसले गर्दा चीनसँगको सम्बन्धलाई उसले सहज रुपमा अघि बढाउन सकेन । चीनको बिकासलाई भारतको दुर्भाग्यका रुपमा हेरियो । जति तिब्र चीन बिकास गर्छ, त्यति नै उनीहरु त्रसित् हुन्छन् ।

सिमा युद्धपछि भारतीय राष्ट्रवादीहरु चीनसँग बदला लिने मागलाई उचाल्छन् । प्रधानमन्त्रीमा नरेन्द्र मोदी निर्वाचित भएपछि त्यसले भारतको राष्ट्रवादी भावनालाई अति राष्ट्रवादतिर डोहोर्यायो । मोदी बढ्दो हिन्दु राष्ट्रबादलाई प्रयोग गर्दै सत्तामा आउन सफल भए । त्यसले एकातिर उनको प्रतिष्ठा बढायो भने अर्कोतिर देशलाई नियन्त्रण गर्ने क्षमता रहेको भन्ने सन्देश दियो । तर अर्कोतिर भारतलाई बिस्तारै परम्परावादी र पुरातनवादीको पोल्टामा पनि पूर्यायो, जसले गर्दा भारतको सुधारसमेत रोकियो ।

यतिबेला नयाँदिल्ली विदेशी राष्ट्रहरुसँगको सम्बन्धमा थप अनुदार भएको छ । अनुदारवादको माग बद्दो छ । अहिलेको दोक्लाम सिमा विवाद चीनबिरुद्ध लक्षित छ, जसले भारतको धार्मिक राष्ट्रवादीहरुको मागलाई संवोधन गर्छ । यदी धार्मिक राष्ट्रवाद हाबी भयो भने मोदी सरकारले केही गर्न सक्दैन । सन २०१४ मा मोदी शक्तिमा आएपछि भारतका रहेका अल्पसंख्यक मुस्लिमबिरुद्धको हिंसा अझै उनले नियन्त्रण गर्न नसकेकोबाट त्यो प्रमाणित हुन्छ । – यु निङ (ग्लोबल टाइम्स)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।