जनताको मन जित्ने गरी काम गर्न एमालेका उपाध्यक्ष रावलको निर्देशन

कैलाली, ८ साउन । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले ७ नं प्रदेशका एमालेका नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिनु भएको छ ।

एमालेले आयोजना गरेको ७ नं प्रदेशमा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रमको आज समापन गर्दै उहाँले विकासका प्रभावकारी योजना बनाएर जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

उपाध्यक्ष रावलले विगतका वर्षमा स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा विकासले गति लिन नसकेको बताउँदै अब एमालेबाट निर्वाचित जनप्रतिनिधिले आ–आफ्नो नगर र गाउँपालिकामा उदाहरणीय काम गरेर देखाउने बेला आएको समेत उल्लेख गर्नु भयो ।

“जनताले एमालेलाई विश्वास गरेर विजयी गराएका छन् त्यसैले जनप्रतिनिधिले पञ्चवर्षीय योजना बनाएर विकासको कामलाई अघि बढाउन जरुरी छ”–उपाध्यक्ष रावलले भन्नुभयो । संविधानले दिएका काम, कर्तव्यको अध्ययन गरेर इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्न र जनविश्वासलाई कायमै राख्ने गरी आ–आफ्नो क्षेत्रमा इमान्दारीताका साथ काम गर्न उहाँले आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा एमालेबाट निर्वाचित ३९ प्रमुख÷अध्यक्ष र ४२ उपप्रमुख÷उपाध्यक्षको सहभागिता थियो । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिले जनभावनाअनुसार काम गरेर जनताको मन जित्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।