कीर्तिपुर नगरपालिकाले अब प्रत्येक वडामा निःशुल्क वाइफाइको व्यवस्था गर्ने

साथै युवालाई स्वरोजगार गराउन प्राविधिक शिक्षालय स्थापना गरिने

काठमाडौँ, ८ साउन । कीर्तिपुर नगरपालिकाले प्रत्येक वडामा निःशुल्क वाइफाइको व्यवस्था गर्ने भएको छ ।

नगरपालिकाले प्रथम नगरसभाका निर्णय सार्वजनिक गर्न आज आयोजना गरेको कार्यक्रममा नगरप्रमुख रमेश महर्जनले प्रत्येक नागरिकलाई इन्टरनेट सुविधा उपलब्ध गराउन सूचना प्रविधि पार्क निर्माण गरिने जानकारी गराउनुभयो । ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहका औषधि निःशुल्क वितरण गरिने छ ।

हरेक वडामा स्वास्थ्य सेवा विस्तार तथा समय समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ भने नगरवासीको स्वास्थ्य बीमाका लागि चाँडो अध्ययन थालिने छ । नगरपालिकाका अधिकांश वडामा खानेपानीको समस्या रहेकाले खानेपानीका लागि वैकल्पिक स्रोत विकास गरी प्रत्येक वडाका नागरिकलाई पानी उपलब्ध गराउने योजना छ ।

समृद्धि एवम् आत्मनिर्भर नगरपालिकाका रुपमा कीर्तिपुरलाई विकास गर्न स्थानीय युवालाई स्वरोजगार गराउन प्राविधिक शिक्षालयको अवधारणा ल्याइएको छ । ऐतिहासिक नगरीका रुपमा सो नगरपालिकालाई विकास गर्न आवश्यक पूर्वाधार निर्माण तथा स्थानीय विकासका कार्यलाई प्राथमिकता दिइने निर्णय गरिएको छ ।

प्राचीन महत्वका सम्पदा तथा मन्दिरलाई सरक्षण गरी पर्यटकीय स्थलको विकास गरिने छ । चालु आवका लागि रु ७९ करोड ५६ लाख १४ हजारबराबरको कार्यक्रम सार्वजनिक गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।