भारत र चीनबीच युद्ध भएमा… कस्को शक्ति कति ?
यो क्षेत्रमा दुइ शक्तिशाली मुलुकका बीच युद्द हुने संशयले छिमेकमा रहेका मुलुकहरु चिन्तित बनेका छन्। नेपाल यसको अपवाद हुने कुरै भएन ।
अहिले विवादमा चीन, भारतसंगै भुटान पनि मिसिएको छ । चीन भुटानसंग मात्र एउटा निचोडमा पुग्न चाहन्छ तर भारत चीनलाई भुटानबाट प्रहार गर्ने पाएको मौका चुकाउने पक्षमा देखिदैन्।
नरेन्द्र मोदी सत्तामा आएयता विश्वका अन्य मुलुकसंग निकै ‘इन्गेज’ रहँदै भएको भारत चीनका विषयमा यति आक्रमक देखिएको यो नै पहिलो पटक हो। अन्यथा सन १९६२ युद्धमा पराजय यता भारत सधै रक्षात्मक अवस्थामा देखिँदै आएको थियो।
तर अब ‘सिनारियो’ बदलिएको जस्तो देखिन्छ । भारत र चीन ‘फुल फ्रन्टल वार’ नभए पनि एक अर्कालाई पाठ सिकाउने नाममा एउटा ‘क्याकुलेटेड मिनि वार’मा जान सक्ने सभावना छ। तर युद्ध कसैको हितमा छैन् र यसले उदयीमान भारतीय अर्थतन्त्रलाई धराशयी बनाउन सक्छ भने केही समयता सुस्त बनेको चिनियाँ अर्थतन्त्रलाई नराम्ररी धक्का दिन सक्छ।
तर यहाँ चर्चा गर्न खोजिएको प्रसंग हो, युद्ध भइहाले कस्ले जित्छ। धेरैको चासोको विषय रहँदै आएको छ, संसारका सबै भन्दा बढि जनसंख्या भएका दुइ देश युद्धमा जाँदा कस्ले जित्छ ? चासो स्वभाविक नै भए पनि नतिजा विध्वंशकारी हुनेमा भने कसैलाई शंका छैन।
कस्को कति शक्ति ?
चिनियाँ वार्षिक सेन्य बजेट २१६ बिलियन अमेरिकी डलर छ। भारतको सैन्य बजेट चीन भन्दा धेरै कम ५० बिलियन अमेरिकी डलर छ
चीनसंग २३ लाख भन्दा सेना छन भने भारतसंग १३ लाख भन्दा बढिको फौज छ।
यसै गरि चीनसंग ९१५० वटा ट्याङक छ भने भारतसंग ६४६४ ट्याङक रहेका छन्।
लडाकु विमानको संख्यामा पनि चीनको दबदबा रहेको छ। चीनसंग ५ हजार वटा लडाकु विमान छन भने भारतसंग २ हजारको संख्यामा लडाकु विमान छन्।
पानीमा चीन भारतमाथि हावी देखिन्छ चीनसंग ७१५ वटा युद्धपोत छन् भने भारतसंग २९५ वटा युद्धपोत छन् ।
समुन्द्रमा सैन्य आधार मानिने एअरक्राफ्ट क्यारियरमा भने भारत चीनमाथि हावी छ। भारतसंग तीन वटा एअरक्राफ्ट छन भने चीनसंग मात्रै एउटा छ।
भारत यतिखेर संसारको सबै भन्दा बढि हतियार किन्ने देश बनेको छ। भारतले अमेरिका, रसिया र युरोपलेी देशबाट सबै भन्दा हतियार किन्ने गरेको छ। चीनलाई भने यस्तो सुविधा छैन, चीनले रसियासंग पनि हतियार किन्ने गरकेो छ। यस हिसावले भारतले संसारका सवै देशबाट हतियार किनेर जम्मा गरेको छ। यस विषयमा अर्को तर्क के पनि छ भने चीनले धेरै हतियार विकास आफै गरेको छ। जब सम्म कुनै देश हतियारमा स्वनिर्भर हुँदैन सुपरपावर बन्न सक्दैन। जस्तो अमेरिकाले कसैसंग हतियार किन्दैन्। यसल हिसावले भने चीनको पल्ला भारी देखिन्छ।
त्यसैले भारत र चीनमा कस्ले युद्ध जित्छ भन्ने प्रश्नको सजिलो उत्तर उपलब्ध छैन। दुबै देश आणविक हतियार सम्पन्न देश हुन्। एक्काइसौ शताब्दीमा युद्धहरु सैन्य क्षमताका आधारमा मात्र लडिन्न । रणनैतिक, आर्थिक र भुराजनैतिक रुपमा माथि पर्नेलाई जीत आफ्नो पोल्टामा पार्न सजिलो हुन्छ।


