भोजपुरमा बलात्कारपछि गर्भवती भई गाउँ निकाला भएकी एघार वर्षिया बालिकाको उद्धार
भोजपुर । भोजपुर जिल्लाको अरुण गाउँपालिका–५ याकुकी एघार वर्षिय गर्भवती वालिका जसलाई गाउँलेले गाउँ निकाला गरेका थिए उनको संचार माध्यममा समाचार प्रसारण भए लगत्तै प्रहरी प्रशासनको सकृयतामा उद्धार गरी बाल हेल्प लाइन विराटनगर पठाइएको छ ।
बालिकाको स्वास्थ्य अवस्थालाई ध्यान दिदै तत्कालका लागि सिविन नेपालले सञ्चालन गरेको बाल हेल्प लाइन बिराटनगर पठाइएको हो ।
स्थानीय दुर्गावहादुर श्रेष्ठले बलात्कार गरेपछि गर्भवती भएकी बालिकाको पेटमा अहिले छ महिनाको गर्भ रहेको छ । पीडित वालिकाको अभिभावकपक्षले श्रेष्ठ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनलाई पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाइएको छ ।
पीडितविरुद्धको मुद्दाको प्रक्रिया अगाडी वढेपछि बालिकालाई काठमाण्डौ लैजाने योजना महिला तथा वालवालिका कार्यालय भोजपुरका महिला अधिकृत पुष्पलता उप्रतीले जानकारी दिइन् ।


